Powered by Blogger.
तरुण दलको तिनै क्षेत्रमा जनजाती नेतृत्व

सभापतिमा निर्वाचित सुजन, सुरेश र विक्रम । 

राजन परियार 
सिन्धुली १७, भाद्र । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको क्षेत्रिय अधिवेशन विहिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनमा मार्फत क्षेत्रिय सभापति पदमा तिनवटै क्षेत्रमा जनजाती युवा नेतृत्वमा पुगेका छन । 
क्षेत्र नं.१ मा सुजन थापामगर, क्षेत्र नं.२ मा सुरेश थापा मगर र क्षेत्र नं.३ मा विक्रम घलान निर्वाचित भएका छन् । अधिवेशन मार्फत क्षेत्र नं.१ को उपसभापतिमा रमेश खत्री, सचिवमा कमल थापा र कोषाध्यक्षमा जानुका गौतम निर्वाचित भएका छन् । 
क्षेत्र नं.२ को उपसभापतिमा सुर्य वहादुर श्रेष्ठ, सचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा महेश आचार्य  निर्वाचत भएका छन् भने क्षेत्र नं.३ को उपसभापतिमा अर्पण वम्जन, सचिवमा सुवास राई र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचत भएको नेपाल तरुण दल सिन्धुलीले जनाएको छ । 
क्षेत्र नंं.१ र २ को सभापति सर्वसम्बत चयन गरिएको थियो भने क्षेत्र नं. ३ मा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको थियो । सभापतिमा निर्वाचित घलानले ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी सोम वहादुर तमाङ्गले ३६ मत प्राप्त गरेका थिए । 
आज तरुण दलको जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अधिवेशन मार्फत हुने नेतृत्व चयनमा सभापतिको लागी र सचिबको लागी थुप्रै आकांक्षीहरु रहेकाले सहमति नहुने देखिएको छ । उद्घाटन सत्र सम्पन्न पश्चात जिल्ला सभापति, सचिब लगायत अन्य पदका लागी निर्वाचन शुरु हुने निर्वाचन समितिका सदस्य सुमन कोइरालाले बताए । 


,

0 comments

Write Down Your Responses