Powered by Blogger.
सुचनाको हक सम्बन्धी अभिमुखीकरण



सिन्धुली, २१ भाद्र । सुचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय सुचना आयोगको आयोजनामा सुचनाको हक सम्बन्धी कानुन कार्यान्वयनको लागी सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीको अध्यक्षता तथा सुचना आयुक्त किरण कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी,  राजनैतिक दल, नागरीक समाजका अगुवा तथा सञ्चारकर्मीहरुलाई सुचनाको हक सम्बन्धी ऐन २०६४ तथा तथा नियमावली २०६५ कार्यान्वयनको बारेमा अभिमुखीकरण गरिएको थियो । 
सुचना अयोगका सह–सचिब बेधनिधी अधिकारी सुचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावलीको बारेमा र सुचना माग गर्ने विधी तथा प्रक्रियाको बारेमा तथा पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्लेले जिल्लामा सुचनाको हक सम्बन्धी ऐनको कार्यान्वयनको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा बोल्दै सुचना आयुक्त किरण कुमार पोखरेलले सुचनाको हक प्रवद्र्धन गर्न सकेमा मात्र लोकतन्त्रलाई संस्थागत र बलियो बनाउन सकिने बताउँदै सुचनाको हक सम्बन्धी ऐन तथा नियमावलीहरुको कार्यान्वयन गरी आफु र आफ्नो समाजलाई बलियो बनाउन कर्मचारी, राजनैतिक दल तथा सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेका थिए । पोखरेलले सुचनाले नागरिकलाई बलियो बनाउने र नागरीक बलियो भएमा देशमा शुसासन, पारदर्शीता, नियमितता, स्थिरता, उत्तरदायीत्व, कानुनी राज्य र लोकतन्त्र स्थापित र बलियो हुने बताए ।  




,

0 comments

Write Down Your Responses