Powered by Blogger.
सिन्धुलीमा पनि मनाइयो निजामति सेवा दिवस


बुद्धकुमार आछामी 
सिन्धुली, २२ भाद्र । ‘सेवामैत्री र जवाफदेही प्रशासन, संघीयतामा सुशासन’ भन्ने मुल नाराका साथ बुधबार देशभर मनाइएको निजामति सेवा दिवस–२०७३ सिन्धुलीमा पनि भव्य रुपमा मनाइएको छ । 
निजामति सेवा दिवसको अवसरमा निजामति सेवा दिवस मुल समारोह समितिको आयोजनामा बिहानै प्लेकार्ड सहितको निजामति कर्मचारीहरुको ¥यालीले सिन्धुलीमाढीबजार परिक्रमा गरेको थियो । 
¥यालीपछि  प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीको अध्यक्षतामा जिविसको सभागृह हलमा पुगेर औपचारीक कार्यक्रम गरिएको थियो  । कार्यक्रममा कर्मचारी मिलन केन्द्र सिन्धुलीले निजामति सेवा दिवसको अवसरमा आयोजना गरेको निजामती कर्मचारी तथा खुल्ला डबल व्याडमिन्टन प्रतियोगीतामा प्रथम र द्धितीय र तृतीय हुने टीमलाई प्रजिअ कार्कीले नगद पुरस्कार सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
ब्याडमिन्टन प्रतियोगीतामा निजामति कर्मचारी तर्फ सुशिल बर्मा र शिव कुमार खत्री प्रथम, मिनकुमार दाहाल र विजय भुजेल द्धितिय तथा सरोज खड्का र प्रतिक ढकालले तृतीय पुरस्कार पाएका छन । त्यस्तै खुल्ला तर्फ दिपेन्द्रध्वज बस्नेत र रमेश महतरा प्रमथ, मिनकुमार दाहाल र विमल भुजेल द्धितीय तथा हरि रोक्का र शिवकुमार खत्रीले तृतीय पुरस्कार पाएका छन । प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो । 
निजामति सेवा दिवसकै अवसर पारेर नापी कार्यालय सिन्धुलीले आफ्नो नयाँ कार्यालय भवनको शिलान्यास समेत गरेको छ । कुल २ करोड २४ लाख लगानीमा निर्माण गर्न लागिएको भवनको औपचारीक शिलान्यास प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले गरेका हुन । सिङ्गेश्वर वाइवा एण्ड लामा जेभीले १८ महिना भित्र साढे तिन तले भवन निर्माण सम्पनन् गर्ने सम्झौता भएको कार्यालय प्रमुखले जानकारी दिए । नापी कार्यालयको आफ्नै भवन नहुँदा भाडामा कार्यालय सञ्चालन गर्दै आएको थियो । 
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा पहिलोपटक निजामती सेवा ऐन, २०१३ भाद्र २२ गते जारी भएकाले सोही समयदेखि निजामती सेवाले औपचारिकता र कानुनी हैसियत पाएको मानिन्छ । सोहि दिन पारेर हरेक वर्ष निजामति सेवा दिवस मनाउन थालिएको हो । २०६२ साल भदौ २२ गतेदेखि मात्र औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । 
मुलुकमा प्रत्येक वस्ती, टोल, वडा, गाउँ विकास समिति, इलाका, सेवा केन्द्र, नगरपालिका, जिल्ला, अञ्चल, क्षेत्र र केन्द्रियस्तर गरी सवै भौगोलिक क्षेत्रमा निजामती सेवाका कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गरी आएका छन । टाउको दुखेको जनतालाई सिटामोल दिनेदेखि प्राकृतिक विपत्तीमा परेकालाई उद्धार गर्न र राहत दिने काममा निजामती कर्मचारी अहोरात्र खटिएका छन । हाल नेपालमा ८० हजार भन्दा बढी निजामति कर्मचारीहरु कार्यरत रहेका छन । 


,

0 comments

Write Down Your Responses