Powered by Blogger.
सिन्धुलीमा सुरु हुन सकेन बालीबिमा


सिन्धुली, १२कात्तिक । सरकारले कृषिबिमाकार्यक्रम सञ्चालन गरेको ४ वर्ष पुग्दा समेत जिल्लाकाकिसानले बालीबिमा गरेका छैनन् । 
बालीबिमामा सरकारले ७५ प्रतिशतअनुदानउपलब्ध गराएपनि कृषक स्तर सम्मयसकाफाईदा बारे जानकारी नहुँदा रुचिनदेखाएकाहुन । 
बिमा गरे किरा, जंगलीजनावर लगायतअन्यप्रकोपकाकारण बालिनालीमाभएको क्षतिपूर्ति पाउने प्रावधानबारे किसान अनभिज्ञ छन । पछिल्लो वर्षपशु बिमाको सुरुवातभएको हो । व्यवसायीकफर्म दर्ता गरी बाख्रापालनगर्दै आएकाकिसानहरुले बाख्राको बिमा गराएका छन । जिल्लाका केहि स्थानमाउन्नतजातकागाईको बिमागरिएको छ । 
बिमागर्न बालिलागतमुल्यको ५ प्रतिशतप्रिमियम(बिमागर्दा लाग्ने रकम) तिर्नुपर्ने हुन्छ । उक्तप्रिमियम रकममध्ये ७५ प्रतिशत सरकारले उपलब्ध गराउँदै आएको छ । 
कृषिविकास कार्यालयले बेलावेलामा कृषकहरुलाई तालिमहरु मार्फत कृषितथापशु बिमाकाफाईदा र प्रक्रिया सम्बन्धीजानकारी गराउँदै आएपनिकिसानहरु भने बिमाकालागी सम्पर्कमाआउने गरेका छैनन् । कार्यालय र अन्य गैर सरकारी संस्थाको अनुदान र सहयोगमाव्यवसायीक खेतीगर्दै आएका कृषकले समेत बालिबिमा गराएका छैनन् । 
बर्सेनीजंगलीजनावर र अन्यप्रकोपले बालीउत्पादनमाक्षतिहुँदै आएपनि कृषकहरु बिमाकार्यक्रम सम्मनआएको कृषिविकास कार्यालय सिन्धुलीले जनाएको छ । कृषिविकास कार्यालयका एक अधिकारीले भने, ‘केहि किसानले बिमाप्रतिचासो देखाएपनिलागु भएको छैन, बिमाबारे बुझाई स्पस्ट नहुँदायसतर्फ किसानहरुको आकर्षण बढ्न नसकेको हो ।’
कृषिबिमाबारे कार्यालय र बिमाकम्पनीले कृषकस्तर सम्ममाजानकारीमुलककार्यक्रम बढाउनुपर्ने कृषकहरु बताउछन । बिमाको प्रक्रिया र लाभबारे जानकारी गराउँदै गाउँस्तरमै बिमागर्न सकिने प्रावधानभएअधिकांशकृषक सहभागीहुने जलकन्याका कृषक मनोज अधिकारीले बताए । ‘हरेक वर्ष बालिनाली र चौपायामाविभिनन् कारणले क्षतिहुँदै आएको छ,’ अधिकारीले भने, ‘बिमाप्रक्रियाबारे गाउँकाकिसानहरुलाई जानकारी गराउनआवश्यक छ ।’ 
सरकारले बालीतथापशुपक्षीबिमाकालागीकम्पनीतोकेको छ । सिन्धुलीमाप्रिमियमइन्स्योरेन्स कम्पनी लिमिटेडको जिम्मा रहेको छ । कम्पनीले भरखरै जिल्लामाशाखाकार्यालय स्थापना गरेको आफ्नो काम सुरु गरेको छ । कम्पनीले फलफुल, बालिनाली, पशु लगायतको बिमागर्ने छ । यस भन्दा अघि लालबन्दी स्थित शाखाकार्यालयबाट कामगर्दै आएको थियो । 
कार्यालय स्थापना सँगै कृषकहरुमाबिमाको प्रक्रिया र फाईदाको बारेमाबुझाउन सम्बन्धीतकार्यालय तथा संघ संस्थासँगको सहकार्यमागतिविधीहरु सञ्चालनगरिने प्रिमियमइन्स्योरेन्स कम्पनी लिमिटेडका सिन्धुलीशाखाप्रमुखमोतिलालयादवले बताए । प्रचार र प्रक्रियानबुझ्दा कृषकहरु बिमातर्फ आर्कषित नभएको उनको भनाई थियो । 


, ,

0 comments

Write Down Your Responses