Powered by Blogger.
नयाँ चौतारी युवा क्लवद्धारा थापालाई सम्मान

राजन परियार
सिन्धुली, २८ कात्तिक । २०७२ वैशाख १२ र २९ गतेको भुकम्प पश्चात जिल्ला व्यापी भुकम्प पिडित लगायत दिन दुःखीहरुलाई निरन्तर रुपमा पुर्ननिमार्ण तथा राहत वितरण र सामाजिक सेवा प्रदान गर्दै आएका सिन्धुली पुर्नःनिमार्ण तथा पुर्नःस्थापना अभियानका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य उज्वल विक्रम थापाकाे सामाजिक कामकाे उच्च मुल्याक‍‌न गर्दै नयाँ चौतारी युवा क्लव भद्रकाली—३, सिन्धुलीले एक समारोह वीच सनिबार सम्मान गरेको छ । 
भुकम्प पछी थापाले २ करोड वरावरको भुकम्प पिडितका लागी राहत सामाग्री जिल्ला दैवि प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेका थिए भने भुकम्प पिडितका लागी २५३ वटा अस्थायी टहरा निमार्ण, भुवनेस्वरी–६ का ४३ अग्नी पिडित परिवारलाई ४÷४ वण्डलको दरले जस्तापाता तथा खाद्यान र लत्ताकपडा वितरण, हरितालिका तिजको अवसरमा कारागार कार्यालय सिन्धुलीमा रहेका महिला कैदीवन्दिहरुलाई २१ इन्चको रंगिन टि.भि. हस्तान्तरण, भुकम्पले भत्काएको क.न.पा.–११ को महिला सामुदायिक सहकारी भवन निमार्ण, जलकन्या गा.वि.स.–७ का अग्निपिडित परिवारलाई ३÷३ वण्डलका दरले जस्तापाता लत्ताकपडा, खाद्यान्न र भाडाकुडा वितरण गर्ने कार्य गरेका थिए । 
क्लवकी अध्यक्ष रञ्जना श्रेष्ठको अध्यक्षता तथा थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठ, विजयकिल्ला यातायात प्रा.लि.का अध्यक्ष अमरेश कुमार वैदार, राप्रपाका सचिव इन्द्र भुजेल, राप्रपाका उपाध्यक्ष अशोकराज भण्डारी, रामकुमार नेपाली, हरी वहादुर मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमलाई सम्वोधन गर्दै थापाले सिन्धुली जिल्ला राष्ट्रिय स्तरको नेताको अभावले दुःख पाएको वताए । भुकम्पले अन्य जिल्लाकै वरावर क्षति गरेको भए पनि राहत वितरण र संकलनमा धेरै कमी भएकाले आफुले यो अभियान सुरु गरेको वताए । थापाले वि.पि. राजमार्गले सिन्धुलीमा निर्यात नभएर आयात मात्रै भइरहेको र यो राजमार्गलाई वढाउदा धेरैको घरवास उठ्ने हुदाँ यसको नाम परिमार्जित गरी वि.पि. राजमागको ठाउँमा वि.पि. कृषि सडक राख्नुपर्ने वताए । 

साथै वि.पि. राजमार्ग आसपासमा मोहन विक्रम थापा स्मृति राहत संकलन तथा वितरण केन्द्रको निमार्ण गर्ने र आपत्तविपत्तको वेलामा यसको ठुलो सहयोग हुन वताए । तर यो निमार्णको लागी जग्गा आवश्यक रहेको वताए । 
सोही कार्यक्रमको अवसरमा कात्तिक २४ गते सिन्धुलीगढि विजयउत्सवको अवसरमा आयोजना गरिएको हाफ म्याराथुन प्रतियोगितामा पाँचाै स्थान ल्याउन सफल कान्छा धावक १५ वर्षिय सुवास थापालाई राष्ट्रिय झण्डा, एक जोर ट्रयाक सुट र एक जोर जुत्ता सहित सम्मान गरिएको थियो ।   

  


, ,

0 comments

Write Down Your Responses