महादेवको मन्दिर शिलान्यास

स्थानीयबासीहरुको स्वपहलमा निर्माण गर्न लागिएको उक्त महादेव मन्दिर निर्माण कार्यको शिलान्यास नेपाली सेना चण्डीदल गणका गणपति सुर्य बहादुर अधिकारी र कमलामाई नगरपालिका कार्यालय प्रमुख जगत प्रसाद भुषालले सयुक्त रुपमा गरेका हुन ।

मन्दिर पुनंनिर्माण समितिका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको सिलान्यास समारोहमा भगवति आवाशीय उमाविका प्रिन्सीपल कृष्णकुमार उप्रेती, कमला जनज्योति मावि सिलामेका प्रधानाध्यापक संकर भण्डारी, पत्रकार महासंघ सिन्धुली शाखाका सभापति द्धारीका काफ्ले लगायतले धारणा व्यक्त गरेका थिए ।
झण्डै ४ दशक अगाडि देखी उक्त स्थानमा महादेवको मन्दिर रहेको भएपनि व्यबस्थित मन्दिर निर्माण नहुँदा भक्तजनहरुको आकर्षण कम भएको थियो । विभिन्न् संघ सस्थाहरुसँग सहयोग संकलन गरी व्यस्थित मन्दिर निर्माण गर्न लागीएको निर्माण समितिका अध्यक्ष श्रेष्ठले बताए ।
0 comments
Write Down Your Responses