Powered by Blogger.
बिजयकिल्ला सिन्धुलीगढीमा भब्य विजयउत्सव


सिन्धुली, २४ कात्तिक । ऐतिहासीक सिन्धुलीगढी बिजयकिल्लामा बुधबार भव्य समारोह वीच २ सय ५० औं सिन्धुलीगढी बिजय उत्सव मनाइएको छ ।  
वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी बिजयकिल्लामा विजयउत्सव मनाउँदै आइएको छ । ठिक आज भन्दा २ सय ५० वर्ष पहिले ब्रिटिस साम्राज्यबादी अंग्रेज कप्तान किनलोकको नेतृत्वमा आएको फौजलाई सिन्धुलीगढी क्षेत्रमा गोर्खा फौजको नेतृत्वमा रहेको नेपाली टोलीले पराजित गरेको स्मरण गर्दै भब्य रुपमा बिजयउत्सव समारोह सम्पनन् गरिएको छ । 
सिन्धुलीगढी नेपालकै सम्पति हो–मन्त्री पाण्डे 

ऐतिहासीक सिन्धुलीगढी बिजयकिल्लामा आयोजित विजयउत्सव समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका संघीय मामला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सिन्धुलीगढी नेपालकै ऐतिहासीक सम्पति भएको बताएका छन । मन्त्री पाण्डेले सिन्धुलीगढी राष्ट्रिय स्वाधिनताको आन्दोलनको प्रतिक भएकाले यस्को संरक्षण र सम्बद्र्धन गर्न जरुरी रहेकोमा जोड दिए । मन्त्री पाण्डेले भने, ‘सिन्धुलीगढीको चर्चा नेपालमा मात्र होइन, विट्रेनमा समेत हुने गरेको छ, यो ऐतिहासीक स्थलको संरक्षण हामी सवै मिलेर गर्नुपर्छ ।’इतिहासको रक्षा र विकासको लागी स्थानीयहरुलाई जागरुक हुन आग्रह गर्दै उनले सरकारको तर्फबाट केन्द्रिय योजनामा राखेर अगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अहिले सरकारले संविधान कार्यान्वयनलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको भन्दै संविधानमा तोकिए अनुसार २०७३ भित्रै स्थानीय तहको निर्वाचन गराउन सरकार लागिरहेको बताए । पुनसंरचनाको काम सकेर स्थानीय तहको निर्वाचन गराउन सकेमा सरकार सफल हुने उनको धारणा थियो । संविधान कार्यान्वयन, भुकम्प पिडितहरुलाई अनुदान तथा पुर्ननिर्माण, शान्ति प्रक्रियालाई टुंगोमा पुरयाउनु, देशलाई आर्थिक समृद्धि तर्फ लैजानु र सुसासन प्रबद्र्धन गर्ने कार्यलाई सरकारले प्रमुख प्राथामिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेको भनाई थियो । कार्यक्रमको अवसरकार आयोजना गरिएको साइकल यात्रा, म्याराथुन दौडका सहभागीहरुलाई विशेष धन्यवाद दिर्दै मन्त्री पाण्डेले यस्ले सिन्धुलीगढीको पुरानो राष्ट्रियताको युद्धलाई झल्काउन सफल भएकोमा खुसी व्यक्त समेत गरे । उनले सिन्धुलीगढीमा विजयउत्सव मनाउने प्रचलनको सुरुवात गर्ने पत्रकार महासंघलाई समेत सरकारको तर्फबाट विशेष धन्यवाद व्यक्त गरे । 
काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा 
विस्व साइकल यात्रि पुस्कर साह । 

बिजयउत्सवकाे अवसमार राजधानी काठमाडाै देखि ऐतिहासिक सिन्धुलीगढीसम्म साइकल यात्रा गरिएकाे छ । यात्रामा ८० जना ब्यवसायिक साइकल यात्री सहभागी भएका थिए ।
 समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा आयोजना गरेको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेल हुँदै रमणीय वीपी राजमार्गमा पार गर्दे सिन्धुलीगढी अाइपुगेकाे थियाे ।
साइकल यात्रामा पर्यटन बोर्डले सघाएको छ । साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र देवेन्द्र बस्नेतले गरेका थिए ।
बिजयउत्सवकाे अवसरमा म्याराथुन प्रतियोगीता
ऐतिहासीक सिन्धुलीगढीको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले २ सय ५० औं सिन्धुलीगढी विजय उत्सवको अवसरमा कमलामाई नगरपालिका कार्यालयले खुल्ला हाफ म्याराथुन प्रतियोगीताको आयोजना गरेको छ ।
प्रतियोगीता सञ्चालनबाट ऐतिहासीक सिन्धुलीगढी तथा जुनार क्षेत्रको प्रचार प्रसार हुनुका साथै पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ ।
सिन्धुलीगढी प्रवेशद्धारबाट सुरु भई जुनार क्षेत्र रतनचुराको चिसान्त भञ्ज्याग पुगी पुन सिन्धुलीगढी फर्कने रुट तय गरिएको कुल २१ किलोमिटर दुरी तय गरिएको उक्त प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतीयलाई२० हजार पुरस्कार समेत वितरण गरिएकाे छ ।
ठुलो गढीमा झण्डोत्तलन 

विजय दिवसको अवसरमा सिन्धुलीगढी स्थित ठुलो गढीमा राष्ट्रिय झण्डोत्तन समेत गरिएको छ । प्रमुख अतिथी मन्त्री हितराज पाण्डेले झण्डोत्तलन गरेका हुन भने नेपाली सेना चण्डीदल गणको एक टुकडिले सलामी समेत दिएको थियो । झण्डोक्तन साथै कार्यक्रममा स्थानीयहरुले खैजडु भजन समेत प्रस्तुत गरेका थिए ।



,

0 comments

Write Down Your Responses