Powered by Blogger.
सहमतिमै संविधान संसोधन र कार्यान्वय ः प्रम दाहाल

राजन गाउँले
सिन्धुली ९, मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिमै संविधान संशोधन र कार्यान्वयन हुने बताएका छन् ।
बिहिबार सिन्धुलीको कल्पवृक्ष गाविसको साहानमा नेकपा माओवादी केन्द्रद्धारा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बाताएका हुन् । उनले भने, ‘विषम परिस्थितीमा घोषणा गरिएको संविधान कार्यान्वयनमा पनि थुपै्र बाधा र अड्चनहरु छन् । ति सबै समस्याको हल सरकार र प्रमुख प्रतिपक्षिदलहरु विचको समतिमै हुने छ ।’
उनले संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको पनि सहमति आवश्यक रहेकाले एमालेका अध्यक्षसंग बिहिबारनै छलफल गर्ने बताए ।
संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षीदल लगायतका सरकारमा समेल दलहरु संग छलफल गरी हिमाल पहाड र तराईविचको पहिचान हुनेगरी संशोधन गरीने उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले सरकार स्थानीय तहको तिवटै निर्वाचन संविधानले तोकेकै समयमा गरेरै छाड्ने पनि दोहो¥याए । यसकालगि तल्लो तहमा ंगठन विस्तारा लाग्न समेत आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
संविधान संशोधन गर्दा कुनै जाती विशेषलाई निशेध गरेर नजाने जनाउँदै उनले कधेशवादी दलहरुको मागलाई सम्बोधन गरेर संविधान संसोधन गर्ने बताए । उनले छिमेकी मुलुकसंग सन्तुलीत सम्बन्ध कायम गर्ने पनि उल्लेख गरे ।
म्रिण क्षेत्रको विकासका सम्भावनाहरुलाई चर्चा गर्दै आफ्नो योजना अनुसारनै सिन्धुलीको मरिण क्षेत्रमा कृषी क्याम्पस स्थापना गर्ने, मरिण क्षेत्रको विकासको महत्वपूर्ण मानिएको दुम्जा, धमिले, मरिण र लालबन्दी जोडीने सडकलाई कालोपत्रै गर्न पहल गर्ने तथा भुकम्प पिडितहरुको गुनासो सुनुवाईका लागि प्राधिकरणमा निर्देशन दिई सकेकाले छिट्टै पिडितहरुको गुनासो सुनुवाई हुने पनि बताए ।


, ,

0 comments

Write Down Your Responses