Powered by Blogger.
प्रमद्धारा मरिणपुलको सिलन्यास

राजन गाउँले
सिन्धुली ९, मंसिर । सिन्धुली जिल्लाको सिङ्गो मरिण क्षेत्रको विकासको आधार ठानिएको मरिण पुलको बिहिबार एका कार्यक्रमका विच सिलन्यास गरिएको छ । पुलको सिलन्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । 
उक्त पुल मरिण क्षेत्र स्थित कपिलाकोट र कल्पवृक्ष गाविस जोड्नेगरी निर्माण गर्न थालिएको हो । पुल सडक विभाग पुल महाशाखाको आयोजनामा निर्माण गर्न लागिएको छ । ४३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको पुल आगामी तिन वर्ष (२०७६ पुष २८) भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
जिल्लाकै लामो पुलको रुपमा रहेको पुल आठ ओटा पिल्लर (स्पान) सहित ४ सय मिटर लामो रहने छ । पुलको निर्माण जिम्मा निर्माण कम्पनी कालिका—रसुवा—तुँदी जे.भी. काठमाण्डौंले पाएको छ । पुलसंगै दाँयाबाँया ७ सय मिटर सडक निर्माण गर्ने छ भने सात सय मिटर नदी नियन्त्रणको समेत काम गरिने बताइएको छ । पुल सिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मरिण नदीमा निर्माण गर्न लागिएको पुलले आर्थीक प्रगतीमा ऐतिहाँसिक भुमिका निर्वाह गर्ने बताए । 
‘संघिय लोकतन्त्रको स्थापना पछि विकासको ढोका खुलेको स्मरण गर्दै दाहालले भने, म दोस्रो पटक प्रधानमन्त्री भएपछि संविधान कार्यान्वय, विकास निर्माण र आर्थीक क्रान्तीमा लागि परेको छु । यसका लागि गरिवीका निम्ती सरकार, किसानका लागि पेन्सन र युवाका लागि रोगार सहितका कार्यक्रमहरु कार्यान्वयमा ल्याएको छु ।’
राष्ट्रिय महत्वका आयोजना निर्माण गर्ने ठेकेदार कम्पनी र कर्मचारीका मिलेमतोमा समयमा काम नसक्न समस्या देशैभर देखीएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले विकास निर्माणमा राम्रो काम गर्न प्रतिश्पर्धा गर्नु पर्नेमा जोड दिए । उनले त्यस्ता कर्मचारी र निर्माण कम्पनीलाई पुरस्कृत गर्ने समेत उद्दघोष गरे । उनले भने, ‘यो पुल आयोजनालाई समयभन्दा पनि छिटो सक्नुस म तपाइहरुलाई पुरस्कार सहित सम्मान गर्छु  ।’ प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालका सचिवलाई कार्यक्रम स्थलबाटै पुरस्कारका लागि मुल्यांकन गर्न लेखेर राख्न निर्देशन समेत दिए ।
सडक र पुलले विकस संगै कृषी क्षेत्रको समेत विकास गर्ने उनको विश्वास छ । यस्तै सांसद हरिबोल गजुरेलले पुल सिलन्यास कार्यक्रममा बोल्दै सिन्धुली मरिण सडकलाई तिनवर्ष भित्रमा कालोपत्रे गर्ने कार्यको आरम्भ गरिसकीने बताए । उनले पुलले सिन्धुली सदरमुकामका साथै मरिण कालढुङ्गा, मकावपुर, सर्लाहीको लालबन्दी सम्मको सडक जोड्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने जनाए ।
पुल निर्माणको कार्य आरम्भ भएसंगै स्थानीय बासिमा उत्साह थपीएको छ । जिल्लाको कृषी उब्जनीका दृष्टिले महत्वपूर्ण मानिएको सिंङ्गो मरिण क्षेत्र समेट्नेगरी निर्माण थालिएको पुलले जिल्लाको विकासमै महत्वपूर्ण फड्को मार्ने अवसर भएको स्थानीयले बताएका छन् । स्थानीय तथा पुर्व सांसद निरुकुमारी दर्लामीले पुल निर्माण कार्यले समाजिक विकाससंगै, कृषी, पर्यटन तथा कला र संस्कृतीका दृष्टिले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । 
पुलको निर्माणले स्थानीयसंगै कपिलाकोट र कल्पवृक्ष लगायतका एक दर्जनबढी गाविसहरुलाई जिल्ला सदरमुकाम माढी बजारसंग जोड्नेकाम समेत गरेको छ । २०४१ र २०५० सालको बाढी पहिरोबाट पुरै खेती योग्य जमिन बगरामा परिणत भएको थियो मरिण नदी नियन्त्रण हुन नसक्दा वर्षेनी सयौं हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यस संगै मरिण नदी वारपार गर्दै खेती गर्ने कृषक देखी जिल्ला सदरमुकाम आवत जावत गर्न तथा दैनिक उपभोग्य बस्तुका सामाग्री ढुवानी गर्नेक्रममा वर्षेनी मरिण नदीले बगाउँदा दर्जनौंको संख्यामा सर्वसाधरणले ज्यान गुमाउने गरेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्ज्वल बरालले जनयुद्धको रणभुमीका रुपमा चिनीएको मरिण क्षेत्रले विकासको मुहार फेर्न नसकेको अवस्थामा पुलको निर्माणले विकासको पहिलो ढोका खोलीएको तर्क गरे । ‘मरिण, कमला र चदाहा नदीको कटानका कारण जिल्लाका हजारौं सर्वसाधरण नागरीकहरु भोका नाङ्गा बन्नु परेको छ । वर्षेनी नदी वारपार गर्दा ज्यान जोखीममा राखेर हिड्नु पर्ने अवस्थाको अन्त्यका लागि पुलले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ,’ उनले थपे ।
नेकपा एमाले जिल्ला अध्यक्ष प्रदिप कट्वालले पुल निर्माणको सुरुवात हुनु अत्यन्तै महत्वपूर्ण कार्य भएको भन्दै त्यसलाई समयमा सम्पन्न गर्नका लागि सरकारका तर्फबाट प्रधानमन्त्री स्वयमले ख्याल गर्नु पर्ने धारणा राखे । 
‘पुलको सिलन्यास गर्ने बजेट सक्ने तर, वर्सौंसम्म पुल निर्माण नहुँने समस्या देशै भरका आयोजनामा देखीएको भन्दै त्यस्तको कार्यको अन्त्य गर्नका लागि सबै जना लाग्नु पर्छ,’ उनले भने । 
पुल निर्माणले हेटौँडा सिन्धुली कटारी बैकल्पीक मार्गलाई जोड्ने हुँदा थप विकासमा समेत मद्दत पु¥याउने स्थानीय तथा नेकपा माओवादी केन्द्रका नेता पानिराज बम्जनले बताए । ‘यस अघि पुल नहुँदा वर्षातको ६ महिना सदरमुकाम आवत जावतमा समस्या बेहार्नु पथ्योर्,’ उनले भने, ‘तर अव पुल बनेपछि मरिण नदी ओहोरदोहोर गर्न सहज हुने भएको छ ।’ 
पुल सिल्यान्यास कार्यक्रममा सहभागि प्रधानमन्त्री दाहाललाई स्थानीयले विभिन्न ११ सिर्षकमा आफ्ना मागहरु राख्दै मागपत्र बुझाएका छन् । मरिण नदी नियन्त्रण तथा चुरै संरक्षण, सिँचाईको व्यवस्था, हाइड्रो पावरको विकास, कपिलाकोटमा कृषी क्याम्पसको स्थापना संगै कृषी क्षेत्रको विकास, सडक, पक्कीपुल, संस्कृती तथा पर्यटन क्षेत्रको विकास सहरीकरण तथा बस्ती विकास, भुकम्प पछिको पुनर्निर्माण तथा भुकम्प पिडितहरुलाई अनुदान वितरण र भुकम्प पिडितहरुको गुनासो सुनुवाई, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा विकास गर्न माग गरीएको थियो । 



0 comments

Write Down Your Responses