Powered by Blogger.
भुकम्प पिडितहरु कठ्याङ्ग्रीएर बस्न बाध्य


राजन गाउँले
सिन्धुली १४,मंसिर । पश्चिम सिन्धुली स्थित कपीलाकोट २ की ६७ वर्षीया चोकमायाँ गुर्माछान मगर डेढ महिनादेखीको चिसोमा छिन् । ‘अहिले त यस्तो छ पुष माघको ठन्डी कसरी कटाउनु ?’ उनले भनिन् । ढेड महिनादेखी दिनप्रतिदिन बढ्दै गएको ठिही सम्झदै चोकमायाँ आतिइन् । वृद्ध शरिरि, त्यहीमाथीको रुघाखोकी चिसोले उनको शरिर सुनिन थाली सकेको छ । २०७२ को भुकम्पमा घरसंगै श्रीमान गुमाउन बाध्य चोकमायाँ १९ महिनादेखी अस्थायी टहरोमा बस्दै आएकी छिन् । 
भुकम्प यताको दोस्रो हिउँदको चिसो पनि टहरामै विताउँदै आएकी चोकमायाँ डेढ महिनादेखी बढ्दै गएको चिसोबाट कसरी बच्ने भन्ने चिन्तामा छिन् । भन्छीन्, ‘समयमा घर बनाउँन सकिएन् । जस्ताले बेरेर बनाएको टहरोमा चिसो र सिरेटोले बस्न नसकीने भएको छ । हात गोडा सबै सुन्निएका छन् । रातभर खोकीले निन्द्रा पर्दैन् । टहरोमा काल पर्खेर बसेकी छु ।’
सिन्धुली जलकन्या ९ की भिममायाँ विकको पनि उस्तै अवस्था छ । विहानको झुल्केघाम देखीना साथ विक टहरोबाट निश्केर बुढो शरिर सेकाउँछीन् । रातभर टिनको छानोबाट झर्ने सित र दक्षिणतर्फबाट आउँने चिसो सिरेटोबाट बच्न दिनभर मधुरो घाममा शरिर सेकाउने गरेको उनी बताउँछीन् ।
‘दिउँसो त जसोतसो घाममा शरिर ताताउँछु,साँझ परेपछि चुहिने शीत र सिरेटोले ओछ्यान तात्दैन,’ उनले दुखेसो पोखिन् । श्रीमान र एक नातीका साथमा बस्दै आएकी विक सरकारले अनुदान देला र घर बनाउँला भन्दाभन्दै वितेको बताउँछीन् । समयमा अनुदान नपाउँदा दुईवटा हिउँदको चिसो टहरामै विताउँन बाध्य भएको उनको भनाई छ । उनले बल्ल घर निर्माणका लागि ५० हजार अनुदान पाएकी छिन् । 
भुकम्प पछि बस्दै आएको बग्नाबशेष घर बत्काउँदै गरेका जलकन्या चपौलीकै ध्रुव कार्कीले टहरोमा जाडो कटाउनै मुस्कील भएपछि सानो घर बनाउँ भनेर लागि परेको बताए । भुकम्पले घर जिर्णभएपछि अस्थायी टहरोमा बस्दै आएका कार्की परिवार अत्याधिक चिसो बढेपछि जोखीम मानिएकै घरमा सरेका थिए । त्यही घर निर्माणका लागि सरकारले ५० हजार अनुदान दिएपछि हिउँदकै चिसोमा सर्नेगरी घर निर्माण गर्न थालेको उनले सुनाए ।
भुकम्पले गाउँमाथी र तल दुबै तिरबाट पहिरो बग्न थालेपछि भिमेश्वर बाराका एक दर्जन दलित परिवार १९ महिनादेखी विस्थापीत थिए । उनिहरुलाई निजी आवस निर्माणका लागि सरकारले पहिलो किस्ता बापतको ५० हजार पनि दियो । तर, कहाँ घर बनाउने भन्ने उनिहरुमा अन्यौल नै रह्यो । सुरक्षित स्थानको खोजि गरीरहेका बाराबासी अत्याधिक चिसो बढेसंगै पुरानै घरमा जोखीम मोलेरै बस्न थालेको पिडित मध्येका डुण्डीराज बर्देवाको भनाई छ । भलबाढी सोहोर्दै र शीत छल्दै डेढ वर्ष विताएका उनिहरु यो हिउँदको ठिही खप्न नसक्ने भन्दै पुरानै ठाउँमा फर्किएका हुन् । ‘टहरोमा सित चुहिन्छ, हिमालको चिसो सिरेटोले आँग काप्छ । एक महिनादेखी निन्द्रा परेको छैन्,’ उनले भने ।
अति भुकम्प प्रभावित १४ जिल्ला मध्येको सिन्धुलीका भुकम्प पिडितहरु यसरी नै यसपालिपनि चिसो र सिरेटो छिर्ने टहरोमै विताउँन बाध्य छन् । हिउँदको सुरुवातमै शरिर तताउन नसकेको बताउने पिडितहरु पुषमाघ सम्झेर आँत्तिसकेका छन् । चिसो बढ्दा जिल्लामा भुकम्प पिडितहरुको जनजिवन कष्ठकर बनेको छ । 
जिल्लाको मध्य पहाडी क्षेत्रमा हिउँ तथा तुसारो पर्न थालेको छ । हिउँका कारण टेण्ट र त्रिपालमा बस्नेहरुको कन्तविजोग भएको छ । जिल्लाको जलकन्या, मझुवा, तिनकन्या, रतनचुरा, हरिहरपुरगढी, भद्रकाली, नेत्रकाली लगायतका उच्च क्षेत्रमा हिउँ तथा तुसारो परेको स्थानीय भुकम्प पिडितहरुले जनाएका छन् । चिासोले टेण्ट तथा टहरो बाहिर निश्किेर हिडडुल गर्न समेत नसकिने अवस्था आएको छ । चिसोका कारण भुकम्प पिडितहरु विमारी पर्न थालेका छन् । बालबालिका र बृद्धबृद्धाहरु अत्याधिक चिसोका कारण कठ्याङ्गीएर बस्नुपरेको नेत्रकालीका भुकम्प पिडित सोइजन वाइवाले बताए ।
  उनले भने, ‘नेत्रकालीको उच्चभागमा हिउँ र तुसारो ओइरीएको छ । घरबाट बाहिर निश्कन सक्ने अबस्था छैन् । भुकम्प पिडितहरु त्रिपाल र टेण्टमा चौविस घण्टादेखी कठ्याङ्ग्रीएर बसेका छन् ।’ 
उनका अनुसार गाविसका आधाजसो पिडितहरु टेण्टमै बसेका भएपनि सोही हाराहारीमा जोखीम मोलेर भग्नाबशेष घरमा ज्यान जोगाउँन पस्न थालेका छन् । ‘युवा युवतीहरु टेण्टभित्रै आगोबालेर चिसो छल्ने प्रयत्न गरिरहेका भएपनि बालबालिकाहरु र बृद्धबृद्धाहरु जोखीम मोलेर भग्नाबशेष घरमा बस्न बाध्यभएका छन्,’ वाइवाले भने ।
चिसोका कारण त्यस क्षेत्रमा खान पकाएर खान समेत मुस्किल हुने गरेको पिडितहरुको भनाई छ । चिसोले बालबालिकाहरुमा निमोनिया हुने, ज्वोरो आउने, खोकी लाग्ने बान्ता गर्ने, सुत्केरी र बृद्धबृद्धाहरुमा सुनिने, ढाडकम्मर दुख्ने जस्ता समस्या देखा पर्न थालेका छन् ।


, ,

0 comments

Write Down Your Responses