बैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगार बनाउन सिप तालिम
सिन्धुली, १६ जेठ । बेरोजगार भएर वैदेशिक रोजगारीमा जान बाध्य भएर खाडी मुलुकको पिडा भोगेर आएका युवाहरुलाई कमलामाई नगरपालिकाकाले स्वदेशमै रोजगारीका लागी सिप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कमलामाई नगरपालिकाका वैदेशिक रोजगारीमा गएर फर्किएका १४ जना बेरोजगार युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोटरसाइकल मर्मत तालिम सञ्चालनको सुक्रबार एक समारोह बीच उदघाटन गरिएको छ ।
मोटरसाइकल मर्मत तालिमको उद्घाटन कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले गर्नुभएको हो । कार्यवाहक मेयर खड्काले सीप सिकेर सिपलाई व्यवहारमा लागु गर्नुपर्ने बताउँदै युवाहरुले बिदेशमा गर्ने मेहनत नेपालमै गरे परिवार, समाज र देश सबृद्ध बन्ने बताउनुभयो ।
त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्र कुमार कार्कीले नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत प्राप्त बजेट मार्फत तत्कालका लागी रोजगारी भन्दा पनि दिगो हिसाबले स्वरोजगार बनाउने लक्ष्य लिएको र त्यहि अनुरुप विविध खालका ब्यवसायीक तालिम मार्फत दक्ष जनशक्ति निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
कमलामाई नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा १४ वटै वडाका १४ जना युवाहरूलाई सीप सिकाई दक्ष बनाउने र रोजगारी सिर्जना गर्ने गरी निःशुल्क तालिम सञ्चालन गरिएको रोजगार संयोजक श्याम कुमार घलानले बताउनुभयो ।
पछिल्लो समयमा युवाहरूको उद्देश्य विदेश मात्रै भन्ने र देशमा केही छैन भन्ने भाष्य निर्माण भएकाले त्यसको न्यूनीकरण गरी स्वदेशमा नै स्वरोजगार बनाउने गरी एक महिनाको मोटरसाइकल मर्मत (मेकानिकल) तालिम सञ्चालन गरिएको रोजगार संयोजक घलानले बताए । तालिम असार १४ सम्म १ महिना सञ्चालन हुनेछ ।
कमलामाई नगरपालिकाका कार्यालयले वेरोजगार भएर बसेका युवाहरुलाई स्वरोजगार बनाउन सुरु गरेको तालिम आफुहरुका लागी निक्कै महत्वपूर्ण र स्वरोजगार हुन निक्कै प्रेरणाको श्रोतको रुपमा रहेको तालिममा सहभागी होम बहादुर कार्कीले बताउनुभयो ।
कमलामाई नगरपालिकाका कार्यालयले वेरोजगार भएर बसेका युवाहरुलाई स्वरोजगार बनाउन सुरु गरेको तालिम आफुहरुका लागी निक्कै महत्वपूर्ण र स्वरोजगार हुन निक्कै प्रेरणाको श्रोतको रुपमा रहेको तालिममा सहभागी होम बहादुर कार्कीले बताउनुभयो ।
0 comments
Write Down Your Responses