यो आयोजना हरित जलवायु कोष (Green Climate Fund-GCF) को आर्थिक सहयोगमा नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठन (FAO) बीच सन् २०२० मे ०३ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठनको संयुक्त प्रयासबाट नेपालको पूर्वी क्षेत्रमा चुरे क्षेत्रको उत्थानशीलताको लागि कार्यान्वयनमा रहेको आयोजना हो।
यो आयोजना प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश अन्तर्गत चुरे क्षेत्रमा पर्ने २६ वटा नदी प्रणालीहरुमा कार्यान्वयन भइरहेको छ । यो आयोजना कार्यान्वयनका लागि केन्द्रमा वन तथा वातावरण मन्त्रालय अन्तर्गत आयोजना ब्यवस्थापन इकाई रहेको छ। प्रदेशस्तरमा आयोजना व्यवस्थापन इकाई, बबरमहल, काठमाण्डौं अन्तर्गत तीनवटा प्रदेश आयोजना ब्यवस्थापन इकाई स्थापनाको क्रममा रहेका छन् ।
यस आयोजनाले समुदायको बस्ती तथा पानीले ढाकेको क्षेत्र बाहेक करीब ७०२,०११ हेक्टर क्षेत्र ओगटेको छ ।जसमध्ये २२७,२७६ हे. वन क्षेत्र रहेको छ । आयोजनाको क्षेत्र मध्ये ९६,३११ हे बाढी प्रभावित क्षेत्र रहेको र करीब ७ लाख भन्दा बढी जनसंख्या बाढी प्रभावित रहेका छन् । करिब ७५० वटा समुदाय स्तरका संस्थाहरु परिचालन गरी कार्यान्वयन गरिने यस आयोजना हरित जलवायु कोषको सहायतामा कार्यान्वयनमा आएको यस प्रकारको आयोजना नेपालमा यो पहिलो हो ।
चुरे उत्थानशिल आयोजना आयोजना कार्यान्वयन इकाई सिन्धुलीमाढी
0 comments
Write Down Your Responses