Powered by Blogger.
दलित सेवा संघ रानिबास उपशाखाको भेला सम्पनन्

सिन्धुली, १४ मंसीर । दलित सेवा संघ उपशाखा रानिबासको तेश्रो गाउँ भेला सोमबार सम्पनन् भएको छ । दलित सेवा संघ जिल्ला शाखाका सचिब राजन गाउँलेको प्रमुख आतिथ्यतामा भएको भेलाको उदघाटन सत्रमा गाविस सचिब सिर्जना अधिकारी, पत्रकार बुद्धकुमार आछामी, गाविस प्राविधिक सहायक अन्नतराज पोखरेल, नेकपा(माओवादी केन्द्र)का प्रतिनिधी तेज बहादुर मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । 
भेलाको बन्दसत्रले सम्भु परीयारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको जनाइएको छ । कार्यसमितिको उपाध्यक्षमा रुपलाल परीयार सचिबमा उर्दिमान आछामी, कोषाध्यक्षमा लिला विक र सह—सचिबमा हिरा विक रहेका छन । 
सदस्यहरुमा पदम बहादुर परीयार, सुर्य बहादुर परीयार, आस्मा परीयार, हर्ष बहादुर विक, टेक बहादुर परीयार, पुण्य बहादुर रम्तेल, सम्भु परीयार, कर्ण बहादुर विक र तिल कुमारी बसेल रहेको अध्यक्ष परीयारले जानकारी दिए । 
त्यस्तै भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा मह बहादुर विक, राज बहादुर विक, गोपिलाल परीयार, मंगली परीयार र जनक विश्वकर्मा रहेका छन । 
दलित समुदायको हक अधिकारको लागी क्रियाशिल दलित सेवा संघ शाखा सिन्धुलीले जिल्ला भरिका गाविसहरुमा उपशाखा विस्तार गर्ने अभियानलाई तिब्रता दिएको बताएको छ । हाल जिल्लाका ३५ गाविसमा उपशाखा रहेको र ति उपशाखा मार्फत दलित समुदायको हक अधिकारका गतिविधि सञ्चालन भइरहेको जिल्ला शाखाका सचिब राजन गाउँलेले जानकारी दिए । 



,

0 comments

Write Down Your Responses