सिन्धुलीका सासंद र दलले सयुक्त रुपमा प्रधानमन्त्रीसँग राखे यस्तो माग
सिन्धुलीको मरिणखोलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड(फाइल फोटो) |
सिन्धुली, १५ मंसीर । सिन्धुली जिल्लाका सांसद तथा राजनैतिक दलहरुले सयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई जिल्लाको विविध विषयलाई लिएर ज्ञापन पत्र बुझाएका छन । अघिल्लो साता मरिणखोलाको पक्की पुल उदघाटन गर्न आइपुगेका प्रधानमन्त्रीलाई जिल्लाको समग्र विकासको लागी हाइड्रोपावर, कृषि, सिचाई, नदि नियन्त्रण र चुरे संरक्षण, सडक, पक्की पुल, सस्कृति पर्यटन सहरीकरण तथा बस्ती विकास, पुर्न निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रका विविध मागहरु प्रस्तुत गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरु प्रति आफु सकारात्मक रहेको बताउँदै राजनैतिक दलहरु वीचमा एकता र सहकार्यलाई प्रसशा गर्दै दलहरुलाई फुर्काउन समेत भ्याएका थिए ।
हेर्नुस सयुक्त रुपमा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा के के मागहरु उल्लेख छन ।
मागहरु
हाइड्रोपावर
१.कोखाजोर खोलाको जलासयबाट उत्पादन हुने करिब ११३ मेगावाट विद्युत उत्पादन योजना सञ्चालन गरियोस ।
२.ठाकुरखोला विद्युत उत्पादन योजना संचालन गरियोस ।
३.उल्लेखित क्षेत्रमा ग्रामीण विद्युत विस्तार कार्यलाई तिब्रता दिइयोस
महादेवस्थान, कपिलाकोट, कल्पवृक्ष, महेन्द्रझ्याडी, पिपलमाडी, हरिहरपुरगढी, क्यानेश्वर, भद्रकाली, अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली, शान्तेश्वरी, तिनकन्या, तोश्रामखोला, बाहुनतिल्पुङ, खोलागाउँ, पोखरी, महादेवडाडा, रत्नावति, सोल्पाठाना, खाङसाङ, ककुरठाकुर, अरुणठाकुर, आम्बोटे ।
कृषि
१.जिल्लाको आवापानी, माटो अनुसार विभिन्न् क्षेत्र तथा इलाकाहरुको अध्यन गरी पकेट क्षेत्र घोषणा गर्दै व्यबसायीक खेति प्रणाली उपनामले कार्यक्रम सञ्चालन गरीयोस ।
सिचाई
१.सुनकोशी मरिण डाइभर्सन निर्माण कार्य यथासिघ्र सञ्चालन गरियोस ।
२.सुनकोशी, रातमाटा, मुलकोट, गैरीपुहार, रिट्ठे, चैनपुर, सित्तलपाटी १ भलाडी, बलेनी देउरालीटार मुर्किवेशी, खाङसाङ लगायतका स्थानमा लिफ्ट सिचाईको व्यवस्था होस ।
३.बागमति बज्रमारा सिचाई पिपलमाढी वडा नं. १ देखी ९ सम्म ।
४.ठाकुर खोला दुधौली संखटार सिचाई
५.टाडी धनसरी सिचाई
६.झ्याडी सिचाई
७.बखफर सिचाई
नदि नियन्त्रण र चुरे संरक्षण
१.नदि कटानका कारण सिन्धुली जिल्लाका अति उर्वर भुमी बर्षेनी कटान गरी हजारौं जनतालाई भुमिहिन बनाउने गरेको हुँदा मरिण, कमला, चदाहा, सुनकोशी, बागमति लगायतका नदिहरुमा व्यवस्थित तटबन्धनको व्यवस्था गरियोस ।
२.सिन्धुली जिल्लामा व्यवस्थित तटबन्धनको लागी जनता तटबन्ध कार्यक्रम लागु गरियोस ।
३.पिपलमाडी देखि टाँडीसम्मको करिण ११४ किमी चुरे जंगलको व्यस्थित संरक्षणको व्यवस्था गरियोस । (माथि उल्लेखीत नदीहरुमा व्यवस्थित तटबन्ध तथा चुरेको संरक्षण गर्दा करिब ७ हजार विगाह खेति योग्य थप जमिन उकास हुने)
सडक
१.धुलिखेल खुर्कोट बर्दिबास विपि राजमार्ग(फोर)लेन बनाउनु पर्ने ।
२.चियाबारी खुर्कोट सुरुङ मार्ग निर्माणका लागी बजेट बिनियोजन गरिनु पर्ने ।
३.हरिवन क्यानेश्वर कल्पवृक्ष कपिलाकोटा सडक
४.खोक्सा दुधौली अरुणठाकुर महादेवडाँडा रत्नावति हुँदै पुष्पलाल लोकमार्ग जोड्ने सडक ।
५.उदयपुर गौबारी सिन्धुली चित्रेनागी सिन्धुलीगढी फापरचुली, सातदोबाटो ध्याङलेख शान्तेश्वरी महाभारत पर्यटन मार्ग बनाइयोस ।
६.जनकपुर चिसापानी गोदार डकाहा चकमके बाहुनतिल्पुङ नवलपुर हुँदै साँगुटार सडक स्तरउन्नती गरीयोस ।
७.झुँगा, टाडी धन्सरी उदयपुर बेलसोत सडक निर्माण होस ।
८.लालबन्दी कल्पवृक्ष नयाँबस्ती कपिलाकोट मधुवन शान्तेश्वरी हुँदै कालढुंगा सडकलाई रणनितीक मार्गमा स्तर उन्नती गरीयोस ।
९.ठुलो गरधुवा, खलंगा, बाँदरे काभ्रे बनखु बनेपा सडक ।
१०.डाडी मझिनीदमार, जखनी, बोटेनी बखफर सडक ।
पक्की पुल
क)कर्मैया पिपलमाडी सडक क्यानखोला पुल
ख)बखफर पिपलमाडी मरिणखोला पुल
ग)डाडी आँपचौर मरिणखोला पुल
घ)कनपा १२ र १६ मा कमला नदि पुल
ङ) सिम्लेखोला पुल(अमले)
च) महादेवस्थान देउजोर बडिमुहान मरिणखोला पुल
छ)धरान चतरा सडक अन्र्तगत निर्माणाधीन बागमति र कमला नदिको पुल निर्माण कार्य ठेकेदारको लापरबाहिको कारण निर्धारित समयावधीमा सम्पनन् नगरी ढिलासुस्ती गरेको हुँदा तदारुकताका साथ निर्माण कार्य सम्पनन् गर्न लगाईयोस ।
सस्कृति र पर्यटन
१.पर्यटन विकास पुर्वाधार गुरुयोजना
क)ऐतिहासीक सिन्धुलीगढी पर्यटन विकास पुर्वाधार गुरुयोजना
ख)हरिहरपुरगढी पर्यटन विकास पुर्वाधार गुरुयोजना
ग)पंचकन्या पोखरी पर्यटन विकास पुर्वाधार गुरुयोजना
घ)मधुगंगा महादेव पर्यटन विकास पुर्वाधार गुरुयोजना
ङ) कमलामाई पर्यटन विकास पुर्वाधार गुरुयोजना
च)फिक्कल पर्यटन विकास पुर्वाधार गुरुयोजना
छ)घ्याङलेख पर्यटन विकास पुर्वाधार गुरुयोजना
ज)वि.पी.कोइराला मेमोरियल पर्यटन क्षेत्र विकास
झ) आजाद स्मृति प्रतिष्ठान
ञ).शहीद पार्क निर्माण सित्तलपार्टी चैनपुर
२.आदिवासी जनजाति सास्कृतिक पहिचानको प्रबद्र्धन तथा मुल प्रवाहीकरणका लागी पर्यटकीय क्षेत्रका आसपासमा रहेका आदिवासी जनजाति समुदायको सस्कृतिजन्य होमस्टेहरुको निर्माण ।
३.आदिवासी जनजाति तामाङ, माझी, दनुवार, हायू लगायतको पहिचान संरक्षणको लागी संग्राहालय स्थापना गरीयोस ।
४.लोपउन्मुख समुदाय हायू, अति सिमान्तकृत समुदाय माझी र दनुवारको मुल प्रवाहीकरण तथा सशक्तिकरणको लागि विशेष कार्यक्रम सञ्चालन गरियोस ।
सशरीकरण तथा बस्ती विकास
१.कपिलाकोट, दुधौली,सिर्थौली, चकमके, राटमाटा क्षेत्रमा व्यवस्थित शहरीकरणको योजना सञ्चालन गरियोस ।
पुननिर्माण
१.सिन्धुली जिल्ला भुकम्प प्रभावित १४ जिल्ला मध्येको एक हो । यस जिल्लामा प्रभावितहरुको संकलित तथ्याकंले सम्पूर्ण भुकम्प प्रभावितहरुलाई समेट्न नसकेकोले छुट भएका सवै भुकम्प पिडीतहरुलाई भुकम्प प्रतिरोधी आवास निर्माणको व्यवस्था गरीयोस ।
२.भुकम्प पिडित तथ्याकंमा समावेश भएका सुकुम्बासीहरुलाई तत्काल सम्झौता गरी घर बनाउने व्यवस्था गरियोस ।
३.भुकम्प पिडित सम्झौता भएर पनि घर निर्माणका लागी योग्य स्थान नभएकाहरुको हकमा समेत घडेरीको व्यवस्था गरियोस ।
स्वास्थ्य क्षेत्र
१.कपिलाकोट, सिर्थौली, बेलघारी, भिमान, लाम्पान्टारमा प्राथमिक स्वास्थ्य केन्द्रको स्तर उन्नती गरी १५ वेडको बनाइयोस ।
शिक्षा
१)कपिलाकोटमा कृषि क्याम्पसको स्थापना
२)सिन्धुलीमाढीमा प्राविधिक विश्वविद्यालय स्थापना
३) प्रत्येक निर्वाचन क्षेत्रमा ३÷३ वटा प्राविधिक धारको स्थापना
४)जिल्ला अस्पताल सिन्धुलीमा स्टाफ नर्सको कक्षा सञ्चालन गरिनु पर्ने
५)भुकम्प प्रभावित विद्यालयहरुको यथासिघ्र पुन निर्माण गरियोस ।
0 comments
Write Down Your Responses