Powered by Blogger.
मानव अधिकार प्रबद्र्धनका लागी २ दिने तालिम



राजन परीयार
सिन्धुली, २२ कात्तिक । आधारभुत तहमा मानव अधिकारको सचेतना अभिवृद्धिका लागी राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सोमबारबाट सिन्धुलीमाढीमा २ दिवसीय तालिम सुरु भएको छ ।
तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले तालिम सफलताको सुभकामना दिर्दै स्थानीय तहमा मानवअधिकार प्रबद्र्धन तथा रक्षाको लागी क्रियाशिल रहने दक्ष जनसक्ति तालिमले उत्पादन गर्ने विस्वास व्यक्त गरे । 
स्थानीय मानव अधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था रिलेक नेपालको संयोजनमा भएको तालिममा मानवअधिकार आयोगका अधिकृतहरु हरी ज्ञवाली र दिपा आचार्य लगायतले सहजीकरण गर्ने जनाइएको छ । तालिममा स्थानीय स्तरमा क्रियाशिल सामाजिक अगुवा, सामाजिक परीचालक, महिला स्वयेम सेविका, पत्रकार लगायतको सहभागीता रहेको छ । 
राष्ट्रिय मानव अधिकार आयोगले सवैका लागी घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ मानव अधिकारको संरक्षण र सम्बर्धनको लागी काम गरिरहेको भएपनि स्थानीय स्तरमा मानव अधिकार संरक्षण र प्रवद्र्धनको काम प्रभावकारी रुपमा हुन नसकेको सरोकारवालाहरुले गुनासो गर्ने गरेका छन । 
स्थानीय तहमा सवैभन्दा बढी उपेक्षित उत्पीडित समुदायका महिला, बालवालिका तथा बृद्धबृद्धाहरु मानव अधिकार हन्नको चपेटामा पर्ने गरेका छन । अस्थिरताका कारण राजनैतिक आवरणमा मानव अधिकार उल्लंघनका घटनाहरु समाजमा मौलाउँदै गएपनि त्यसको निराकरण हुन नसकेको सरोकारावालाहरुको गुनासो रहेको छ ।


,

0 comments

Write Down Your Responses