Powered by Blogger.
सकियो पहिलो किस्ता, सुरु भएन पुन‌निर्माण



सिन्धुली २२, कात्तिक । जिल्लाका अधिकांस पिडितले भुकम्पले ध्वस्त घर पुनर्निर्माणका लागि सरकारले दिएको पहिलो किस्ता बापतको रकमले दसैं र तिहार मनाएका छन् । तर उनीहरुले आफ्नो घरको पुर्ननिर्माण सुरु गरेका छैनन् ।  
दशै र तिहारको मुखमा सरकारले पहिलो किस्ताको रकम दिएको र दसैं अघि घर निर्माणका काम थाल्न पनि नसकिने भएपछि उक्त पैसाले दशैं र तिहार मनाएका छन । उनिहरुले अव आउने दोस्रो किस्ताले मात्र घरको जग सुरु गर्ने छन् ।
जिल्ला सदरमुकाम माढी बजारमा पहिलो किस्ता बापतको रकम बुझ्न आइपुगेका रानिचुरीका पिडित सुकदेव श्रेष्ठले भने, ‘बल्ल पहिलो किस्ता बापतको रकम बुझीयो । दशै र तिहार मान्दा लागेको खर्च यहि पैसाले तिर्ने र पछि दोस्रो किस्ता आएपछि घर निर्माण थाल्ने योजना बनाएको छु ।’
आम्दानीको अर्को विकल्प नहुँदा घर निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताकै रकमले दसैं मनाउँदा लागेको ऋण तिर्ने योजना बनाएको उनको भनाई छ । ‘दसैं र तिहारमै पनि पचास हजारबढी खर्च भएको छ । आफुसंग अरु पैसा पनि छैन् । ऋण गरेर चाड मानियो अब भएको त्यही पहिलो किस्ता रकमबाट ऋण नतिरे अर्को उपाए छैन्,’ उनले भने । 
उता जलकन्या ९ का स्याम गजमेरले पनि बैंकबाट ५० हजार रुपैयाँ बुझेपछि त्यही पैसाले छोराछोरीका लागि लत्ताकपडा, चामल चिउरा र दसैंका लागि नयाँ पैसाको जाहो गरेको बताए । किस्ता लिदा दंशैंले छोइ सकेको थियो । चाड पनि मनाउनै प¥यो । अहिले पहिलो किस्ता दशै र तिहार मनाउँदा सक्कि गयो । अब ऋण खोजेर जग हाल्ने र दोस्रो किस्ता पाएपछि घरको काम सुरु गर्ने सोच बनाएको उनले सुनाए ।  
श्रेष्ठ र गजमेर जस्तै जिल्लाको भद्रकाली गाविस निबुवाटारका मंगलसिंग विकले पनि घर निर्माणको लागि पाऐको ५० हजार रुपैयाँबाटै दसैं र तिहार मनाएको बताएका छन् । उमेरले ६८ नाघेका विकले भने, ‘काम गरेर कमाउने कुनै उपाए छैन् । परम्परादेखी मनाउँदै आएको दशैं नमनाउने कुरा पनि भएन् । कम्तीमा पनि ३०÷४० हजार रुपैयाँ खर्च भयो । त्यही पैसाले सरसामाग्री किनेर चाड मनाए । अब दोस्रो किस्ता लिऊँ अनि घर बनाउँला भन्ने सोच छ ।’
पहिलो किस्ताले दसैं मनाएपछि बाँकी बसेको पैसाले घरको जग बसाउन थाल्ने र दोस्रो किस्ता पाएपछि बल्ल घरको काम अघि बढाउने उनले जनाए । विकले भने, ‘दशैं अघिनै घर निर्माण गर्न थालेपनि नसकिने भएपछि बरु पहिलो किस्ताले दसैं मान्ने अनि दोस्रो किस्ताले घर निर्माण थल्ने सोच बनाएको हो ।’
उनिहरु जिल्लाका केही प्रतिनीधि पात्र मात्र हुन् । उनिहरु जस्तो जिल्लाका अधिकांस भुकम्प पिडितले पहिलो किस्ता बापतको ५० हजार बुझेपनि घर पुनर्निर्माण थालेका छैनन् । बरु उनिहरुले पहिलो किस्ताले दसैं र तिहार मान्दै पैसा सकिएको जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प पिडितलाई निजी आवास निर्माणका लागि ३ लाख अनुदान, दुई लाख स्वोरोजगार र तिन लाख जमानतमा ऋण दिने जनाएको छ । तिन लाख अनुदान बापत पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ पिडितहरुलाई उपलब्ध गराउँदै आएको छ । त्यही पैसा पिडितहरुले दसैं र तिहारको लागि खर्च गरेका हुन् ।
घर निर्माणका लागि आएको पहिलो किस्ताको पैसाले दसैं मनाउनु पिडितहरुको बाध्यता भएको भुवनेश्वरी ग्वाल्टारका भुकम्प पिडित गौरव कार्की बताउँछन् ।
दसैंको मुखमा सरकारले पैसा बाँढेका कारण दसैं मान्न सझिलो भएको र अधिकांसले पहिलो किस्ताको रकम दसैंका लागि खर्च गरेको उनको भनाई छ । खास गरेर गरिव तथा दलित परिवारहरुले किस्ताको रकमले दशैं तिहार मनाएका हुन् । ‘सरकारले घर निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ नदीएको भएपनि पिडितहरुले ऋण र सापटी गरेरै भएपनि दसैं मनाउने गथ्र्ये । झन सरकारले दिएपछि ऋण खोज्न हिड्नुनै परेन,’ उनले भने । 
जिल्ला विकास समिति सिन्धुलीले दिएको जानकारी अुनसार हालसम्म जिल्लामा २५ हजार बढी लाभग्राहीले ५० हजार रुपैयाँ पाएका छन् । 




, ,

0 comments

Write Down Your Responses