Powered by Blogger.
संविधान कुनै हालतमा संसोधन हुन दिन्नौं - ओली


राजन गाउँले
सिन्धुली १२, फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कुनै हालतमा संसोधन नहुने बताएका छन् । बिहिबार नेकपा एमाले द्धारा आयोजित ३६ औं ऋषिराज देवकोटा (आजद) स्मृती दिवस तथा प्रथम जिल्ला प्रतिनीधि  परिषदको बैठक उद्घाटनका लागि सिन्धुलीमाढी आइपुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 
उनले एमाले कांग्रेसले ल्याएको संविधान संसोधनको प्रस्ताव राष्ट, राष्ट्रियता, नेपाली जनता र संविधानको मर्म विपरित भएको भन्दै कुनै हालतमा संसोधन हुन नदिने ठोकुवा गरेका हुन् ।
‘एमाले राष्ट्र र राष्ट्रियताको पक्षधर पार्टी हो । यो संविधान संसोधन प्रस्ताव जनभावना विपरित छ त्यसैले हाम्रो पार्टीले कुनै हालतमा पास गर्न दिन्नौं । यो लेखेर राखे हुन्छ,’ उनले भने ।
एमालेकै पहलमा संविधान निर्माण गरेको भन्दै उनले अहिले एमाले प्रतिपक्षमा भएको दल भएका कारण पनि संविधान संसोधन हुन नदिनका लागि जस्तो सुकै अवस्था आएपनि पछि नहट्ने उनको भनाई थियो ।
निर्वाचनको नाममा कांग्रेस माओवादी केन्द्र तराइका दल फकाउँदै संविधान संसोधनमा लागेको आरोप समेत उनले लगाए । ‘संविधान संसोधन नीर्वाचनसंग सम्बन्धीत विषय हैन । नीर्वाचन र संविधान संसोधनको कुनै सम्बन्ध छैन् । त्यसकारण पनि निर्वाचनको नाममा संविधान संसोधन हुँदैन,’ उनले थपे ।
उनले संविधान संसोधन नभएपनि तोकीएकै समयमा निर्वाचन भने जसरी पनि हुने दावी गरे । घोषीत समयमा निर्वाचन हुन नदिन विभिन्न षणेन्त्र भएको उनले खुलाए । देशको विकास र स्थायीत्वको लागि निर्वाचन अपरहिार्य छ । एमाले पनि निर्वाचन चाहान्छ । स्थानीय निकायको निर्वाचन एमालेको एजेन्डा भएका भन्दै उनले समयमानै निर्वाचन हुने कुरामा निश्चिन्त रहन आग्रह गरे ।
नीर्वाचन हुन नदीन संसद स्थगीत गरेर विरोधमा लागेको उनको आरोप छ । ओलीले संघिय प्रादेशीक  सभाको निर्वाचन आगामी कात्तिक अन्तिम सातासम्ममा जसरी पनि गरिसक्ने गरि एमाले लागेको उनको भनाई छ ।
संविधान संसोधन र निर्वाचनका विषयमा आज दिउसो बस्ने संसदको बैठकमा एमाले खरो रुपमा उत्रने भन्दै संविधान संसोधनको कुरा उठाए कुनै हालतमा संसद चल्न नदीने उनले चेतावनी दिए ।
कांग्रेस माओवादी केन्द्रलाई लक्षित गर्दै उनले विदेशीको शाहारामा चल्ने पार्टी भएकको बताए । उनले भने, ‘हाम्रा देशमा यस्ता पनि राजनीतिक पार्टीहरु छन जुन नेपालमा केही गर्नु परे पनि विदेशीलाई सोध्न पुग्छन् । उनिहरुले गर भने गर्छन् नगर भने लुरुक्क परेर आफ्नो बाटो लाग्छन् ।’ 
उनले विदेशीको इसारामा अव देशमा कुनै पनि हालतमा राष्ट्रियता हित विपरितको काम गर्न नदिने उद्घोष गरे ।
राष्ट्रको विकासमा अव एमालेलाई कसैले पनि छेक्न नसक्ने उनले बताए । यसका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा एमालेले स्पष्ट नीति लिएको बताए । ओलीले मधेश बादी दलहरुलाई लक्षित गर्दै साम्प्रादायिकतामा गरीने राजनीति नेपाली जनताले कुनै हालतमा नस्विकार्ने जनाए । मधेशबादी दलहरु लोकतन्त्रको विरोध गर्दै गणतन्त्र मास्ने खेलमा लागेको भन्दै त्यस्ता गतीविधि रोक्न एमाले जनताको पक्षमा उभिने धारणा राखे ।
उता एमालेलाई मधेशमा प्रवेश निषेध गर्ने भन्ने मधेशबादी दलहरुको भ्रमलाई चिर्दै उनले मधेशका बारेमा एमाले स्पष्ट धारणा लिएर जाने प्रष्ट पारे ।
अर्को एक प्रसंगमा उनले भारतले नाका बन्दी गरेर देशमा अफ्ठेरो पारेपछि आफुले हिन्दमहासागरमात्र नभएर प्रशान्त महासागरबाट पनि दुनिया जान सक्ने गरी चिनसंग जोडीने नाका खुलाएको बताए ।
‘अब भारतले नाका थुनेर केही हुँदैन् । अब हामी चिनबाट पनि दुनिया जान सक्छौं,’ उनले थपे । भारतले हिन्दु राज्य र राजतन्त्र फर्काउने उद्देश्यले नेपालमा बेलाबेलामा दुःख दिएको जनाउँदै अब कुनैपनि शक्तिले गणत्रन्त्र मास्न र राजतन्त्र फर्काउन नसक्ने चेतावनी दिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केही समयमानै अव देशमा विकासको मुहार फेरीने जनाए । उनले आफुले भने जस्तै पूर्व पश्चिम रेल, हुलाकी राजमार्ग जस्ता देशका लागि महत्वपूर्ण मानिने विकासले गती लिने जनाए । 
ओली सिन्धुली आएको थाहा पाएपछि विरोधमा आएका हेटौंडा—सिन्धुली—गाइघाट सडक र वीपी राजमार्ग पिडितहरुलाई सम्बोधन गर्दै आफुले सडकले मिच्ने घर जग्गाको संरक्षण र बैकल्पीक मार्गका लागि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गरेर भोलीनै टुङ्गाउने विश्वास दिलाए


, ,

0 comments

Write Down Your Responses