Powered by Blogger.
सुख्खा पहिरो जाँदा वीपी राजमार्ग बन्द

सिन्धुलीको सितलपाटी स्थित बेनीमा सडक अबरुद्ध
राजन गाउँले
सिन्धुली ९, फागुन । बनेपा– सिन्धुली– बर्दीवास (विपी राजमार्ग) अन्तरगत सिन्धुलीको सितलपाटीमा सुख्खा पहिरो गएको छ । पहिरोले झण्डै १ सय मिटर सडक सुनकोसी नदीमा खसेको छ ।
सितलपाटी गाविस ९ को बेनीघाट नजीकै गएको पहिरोका कारण विपी राजमार्ग हुदै राजधनाी काडमाण्ठौं भित्रने र बाहिरने हजारौं सवारी साधनहरु रोकीएको छ । सडक गयरातीबाट सुनकोसी नदीमा खसेको हो । सडकले भारबहन थेग्न नसकेपछि भास्सीएर खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उमासंकर पन्जीयारले बताए ।
‘गयराती करिब ११ बजेबाट सडक अबरुद्ध भएको बुझिएको छ ,’उनले भने, ‘त्यस  ठाउँमा पहिलाबटनै सडक भास्सीदै गएको थियो अहिले अचानक सुख्खा समयमै खसेर सुनकोसी नदीमा पुगेको छ ।’ सडकको भित्त्तासंगै भत्केका कारण मोटरसाइकल आवत जावत गर्न समेत समस्या रहेको बताइएको छ ।
सडक अबरुद्ध हुँदा गायराती देखिनै रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्ग हुँदै पहाडी र पूर्वी नेपाल सञ्चालन हुने हजारौं सवारी साधनहरु बन्द भएका छन् । प्रहरीले त्यस्ता सवारी साधनलाई बैकल्पीक सडक प्रयोग गर्न भनेको छ भने उक्त राजमार्ग खुलाउन डोजरको प्रयोग गरी वैकल्पीक मार्ग निर्माणको काम तिब्र गतिमा भईरहेको र बेलुका ४ बजे सम्म सवारी आवतजावतलाई सुचारु गरीने स्थानीय प्रसासनले जनाएको छ ।




, ,

0 comments

Write Down Your Responses