Powered by Blogger.
बाल विबाह गर्न खोज्ने प्रहरी नियन्त्रणमा



सिन्धुली, १३ फाल्गुण । सिन्धुली बासेश्वरका बिजय तामाङ्क र काभ्रेकी सिर्जना तामाङ्कलाई बाल विवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सुक्रबार नियन्यत्रमा लिएको छ । 
१६ बर्षिय सिर्जनालाई बिजयले १ महिना अगाडिनै भगाएर ल्याएको र आफ्नो जातिय परम्परा अनुसार केटीपक्षको घरमा विवाहका लागी जन्ती सहित जार्दै गर्दा गोप्य सुचनाको आधारमा खुर्कोट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उत्तम प्रकाश बरालले जानकारी दिए । 
कानुन अनुसार केटा केटी दुवै जनाको उमेर नपुगेको देखिएकाले विवाह रोकिएको प्रहरी निरीक्षक बरालले बताए । उनीहरुको परिवार र केटाकेटीलाई कानुनी परामर्श पछि अभिभावकहरुलाई जिम्मा लगाइने बरालले जानकारी दिए । 
बाल बिवाह गर्न लागेका जोडिहरुलाई स्थलगत रुपमै रोक्ने र बिवाहगर्ने जोडिहरुलाई प्रहरी तथा अन्य सरोकारवालाहरुले परामर्श दिदै बिवाह स्थगित गर्ने गरेका छन । 
यसैबिच जिल्लामा हुने सबै बाल बिवाहहरु प्रेम सम्बन्धका कारण हुने गरेको देखिएको छ । जिल्लामा प्रेम सम्बन्धलेनै बालबिवाह हुने गरेको प्रहरीले बताएको छ । 
नेपालको कानुन अनुसार केटीको उमेर १८ वर्ष र केटाको उमेर २१ वर्ष भए पछी मात्र विवाह गर्न कानुनले छुट दिएको भएपनि अझैँ पनि शहरी भेगमा होस वा ग्रामिण बस्तीहरुमा बाल विवाह गर्नेको संख्या घट्न सकेको छैन ।


, ,

0 comments

Write Down Your Responses