Powered by Blogger.
स्ववियू निर्वाचनमा अखिल अगाडि

पाँच मध्ये चार स्थानमा अखिलको जित
सिन्धुली १९, फागुन । जिल्लामा भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियू अग्र स्थानमा बिजयी भएको छ ।
जिल्लाका पाँच क्याम्पसहरुमा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियु चार स्थानमा विजयी भएको हो । विद्यार्थी नेताहरुले दिएको जानकारी अनुसार सिन्धुली जिल्लामा नेकपा एमाले निकट अनेरास्ववियु चार स्थानमा आफ्नो प्यानल सहित निर्वाचित भएका छन्  भने अनेरास्ववियु क्रान्तिकारीले एक स्थानमा जित हात पारेको छ ।
अनेरास्ववियुले जिल्लाको गौमती क्याम्पस, शिद्धज्योती शिक्षा क्याम्पस, सिर्थौली स्थित डकाह क्याम्पस र खुर्कोट स्थित भिमज्योति क्याम्पसमा जित हात पारेको अनेरास्ववियु सिन्धुलीका जिल्ला अध्यक्ष गोकर्ण भुजेलले जानकारी दिए ।
यस्तै लाम्पानटार बहुमुखी क्याम्पसमा भने नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तीकारी)का विमलकुमार रमौलीको नेतृत्वमा अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल विजयी भएका छन् ।
‘शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियुका दिपेन्द्र फुयाँल अध्यक्ष रहेको प्यानल, माढीबजार स्थित गौमती क्याम्पसमा अनेरास्ववियुकै उज्जवकुमार श्रेष्ठको अध्यक्षमा सचिव बाहेकको पुरै प्यानल विजयी भएको छ,’ भुजेलले भने ।
डकाहा क्याम्पसमा रमेश कट्टेलको अध्यक्ष सहितको प्यानल विजयी भएको छ । भिमज्योति क्याम्पस खुर्कोटमा अनेरास्ववियुकै चुडामणी श्रेष्ठको नेतृत्वको प्यानल विजयी भएका हुन् ।
सिन्धुलीमा सबैको चासो रहेको सिन्धुली बहुमुखी क्याम्पस र मरिण स्थित कपीलाकोट क्याम्पसमा भने बुधबार निर्वाचन हुन सकेन ।
यस क्याम्पसमा तिन ठुला राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले आआफुले जित हात पार्ने दाउमा रहेपनि विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि हालको लागी निर्वाचन स्थगीत गरिएको नेविसंघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले बताए ।
यस्तै जिल्लाका अन्य ९ वटा क्यम्पसहरुमा निर्वाचन प्रक्रिया अन्यौल भएको छ । जिल्लाका १६ वटा क्याम्पस मध्ये ७ वटामा निर्वाचन गर्ने निर्णय भएपनि बाँकी क्याम्पसहरुमा निर्वाचन गर्ने या नगर्ने विषयमा भने कुनै सहमति जुट्न सकेको छैन् ।




, ,

0 comments

Write Down Your Responses