Powered by Blogger.
परिक्षा अगावै जिल्ला स्तरीय परिक्षाको प्रश्नपत्र चोरी

file photo

तिन जना पक्राउ, कक्षा ८ को परिक्षा स्थगित
राजन गाउँले
सिन्धुली १६, चैत्र । जिल्लामा गत आइतबारबाट सुरु भएको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको प्रश्न पत्र विद्यार्थीहरुलेनै चोरी गरेको पाइएको छ । जिल्लाभर सञ्चालन भएको परिक्षाको तिन दिनपछि सबै विषयको पश्नपत्र चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो ।
 परिक्षाको प्रश्नपत्र कमलामाई नगरपालिका ८ स्थित निमावि बाँसकटेरी विद्यालयबाट चोरी भएको हो । विद्यालयको ढोका र दाराज फुटाएर प्रश्नपत्र चोरी भएको पाइएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले बताए । 
रातको समयमा प्रश्नपत्र चोरी गरेर अन्य विद्यालयहरुमा पठाइएको आशंका गरिएको छ । यसैविच प्रशनपत्र चोरी गर्ने तिनजनालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको प्रहरी नायव उपरिक्षक बोहोराले जनाए । 
पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका ६ घर भइ कमलामाई नगरपालिका ७ स्थित न्यू आधुनिक बोर्डीङ स्कुलको कक्षा ८ मा पढ्ने पुजन श्रेष्ठ, सोही स्कुलको कक्षा ८ मै पढ्ने कमलामाई नगरपालिका ७ का बुद्धिमान वाइवा र उमावि पानीटंकी कक्षा ८ मा पढ्ने अमित खड्का रहेका छन् ।
‘प्रश्नपत्र चोरेर आफुले पनि परिक्षा दिने र अन्य विद्यालयहरुमा पु¥याउने मध्यका तिन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको छ । उनिहरुमाथी आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको छ,’ उनले भने । चोरले विद्यालयको दराज फोरेर ५४ हजार नगद सहित प्रश्नपत्र चोरी गरेको बताइएको छ । 
चोरको साथबाट नगद ५० हजार रुपैयाँ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रश्न पत्र चोरी भएर बाहिरीएपछि जिल्लामा कक्षा आठको जिल्ला स्तरीय परिक्षा केही विद्यालयमा स्थागीत गरिएको छ । चोरले नजीकैका विद्यालयहरुमा विद्यार्थीहरुसंग पैसा लिएर प्रश्नपत्र बेचेपछि परिक्षा स्थगीत गरिएको जिल्ला शिक्षा अधिकारी केदारप्रसाद गिरीले बताए । 
प्रश्नपत्र चोर्ने तिनै जना कक्षा ८ को जिल्ला स्तिरिय परिक्षा दिइरहेका विद्यार्थीहरु रहेको पारम्भीक अनुसन्धानबाट खुलेको बताइएको छ । ‘जिल्लाका नजीकका विद्यालयहरुमा कक्षा आठको परिक्षा रोकीएको भएपनि अन्य विद्यालयहरुमा नियमित गरि परिक्षा सञ्चालन गर्दै अनुसन्धान पनि थालीएको छ,’ उनले भने । अन्य विद्यालयहरुमा भने तत्काल नयाँ प्रश्न बनाएर परिक्षालाई नियमित गराउन थालीएको उनको भनाई छ ।
जिल्ला स्तरीय परिक्षा भएकाले अन्य विद्यालयका विद्यार्थीहरुलाई पैसामा प्रश्नपत्र विक्री गर्ने उद्देश्यले विद्यालयबाट चोरी भएको हुन सक्ने अनुमान गरिएको शिक्षा अधिकारी गिरिको भनाई छ । 
विद्यालयको प्रअलाई बोलाइएको र उनीबाट घट्नाको विस्तृत विवरण आउने उनले जनाए । प्रश्नपत्र राख्न लापरबाही गर्ने प्रअलाई कारबाही गरिने समेत उनको भनाई छ । प्रश्नपत्र चोरी गाराउने र अन्य विद्यालयमा विक्री गर्ने गिरोहनै रहेको हुनसक्ने अनुमान गरिएको छ । ‘जिल्लाको परिक्षालाई कमजोर बनाउनका लागि चोरी गरेको र जिल्लाको कमलामाई नगरपालिका ६ स्थित उमावि पानीटंकी र न्यू आधुनिक बोर्डीङ स्कुलका विद्यार्थीहरुसम्म उक्त चोरीएको प्रश्नपत्र परिक्षा आगावै फेला पारिएको छ,’ उनले भने । 
प्रश्नपत्र चोरी भएर परिक्षा अघिनै बाहिरिएपछि तत्काल जिल्ला सुरक्षा समतिको बैठक बसेर कडा निगरानी बढाइएको पनि उनले जनाए ।




, ,

0 comments

Write Down Your Responses