Powered by Blogger.
सिन्धुली आगोमा जलेर ६ वर्षे बालकको मृत्यू, आमा गम्भीर



उपचारको लागि सहयोगको अपिल
राजन गाउँले
सिन्धुली २३, फागुन । सिन्धुलीको दुधौली नगरपालिका ५ दुधौली बजारमा आगोले जलेर एक बालकको मृत्यू भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 
दुधौली ५ का खनिया सदाको ६ महिनाका बालखा छोराको आगोले जलेर मृत्यू भएको र उनकी श्रीमति दुखिया सदा जलेर गम्भीर घाइते भएको स्थानीय रविन्द्र भट्टराईले जनाए ।
दिउँसो करिब ११ बजे दनदनी आगो बलेको अँगेनामा एक्कासी ढल्दा बच्चा र आमा दुबै जल्न पुगेका थिए । 
‘आगोले जलेर बालकको घट्ना स्थलमै मृत्यू भएको र आमाको उपचारका लागि काठमाण्डौंको किर्तीपुर स्थित किर्तीपुर अस्पतालमा पु¥याइएको छ,’ स्थानीय भट्टराइले भने ।
उता आगोले जलेकी श्रीमति बचाइ दिन श्रीमान खनिया सदाले अपिल गरेका छन् । गरिव परिवार र आर्थीक अभावका कारण उपचारमा समस्या भएको भन्दै आगोले जलेर गम्भीर घाइते भएकी श्रीमति दुखिया सदालाई बचाइ दिन श्रीमान खनियाले सार्वजनीक अपिल गरेका हुन् । 
‘घरमा खाने अन्नको गेडो छैन् । ऐलानी जग्गामा छाप्रो हालेर परिवार पाल्दै आएको थिए । तर दुःखले छाडेन । झनै दशा आइलाग्यो,’ उनले भने, ‘छोरा त गुमाइ सके श्रीमतिलाई बचाउन पाए हुन्थ्यो ।’
पैसा अभावका कारण आगोले पुरै शरिर जलेकी श्रीमतिलाई अस्पताल भर्ना गाउननै समस्या भएको उनको भनाई छ । उनले गरीवमाथी बज्रपात आइपरेको भन्दै सरकार, उद्योगी व्यावसायी र सर्वसाधरण सबैमा आर्थीक सहयोग गरि श्रीमति बचाइ दिन अनुनय विनय गरे । 
उनले सहयोग गर्न चाहानेहरुलाई अस्पतालमै गएर वा ९८१४७८५६४९ मा फोन गरेर सहयोग दिन सकिने जनाएका छन् । 
दैनिक बनिबोतो गरेर परिवार पाल्दै आएका खनिया सदा ज्याला मजदुरी गर्न घबाहिर गएका बेला आगोले उनको छोरा र श्रीमति जलेका थिए । के कति कारणले आगोमा परे भन्ने एकिन नभएपनि घट्ना बारेमा प्रहरीलाई जानकारी गराइए पछि स्थानीय र प्रहरीले दुखियाको उद्धार गरेका थिए । दुखियाको सबै शरिर आगोले जलेको छ । उनको टाउकोको भाग बढी जलेको बताइएको छ ।


,

0 comments

Write Down Your Responses