Powered by Blogger.
सप्तरी अपटेडः सुरक्षाकर्मीको गोलीबाट ४ जनाको मृत्यु

२३ फागुन । प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा सप्तरीमा चार जनाको मृत्यु भएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । अस्पतालले दुबैको निधनको पुष्टि गरेको छ ।


, ,

0 comments

Write Down Your Responses