Powered by Blogger.
सातै प्रदेशमा एकै पटक निर्वाचन हुन्छ ः सचिव मैनाली

राजन गाउँले
सिन्धुली २८, चैत्र । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आशन्न स्थानीय तहको निर्वाचन सातै प्रदेशमा एकै चरणमा हुने बताएका छन् । 
सोमाबारबाटसुरु भएको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न सिन्धुलीमाढी आइपुगेका सचिव मैनालीले आगामी बैशाख ३१ गते नै सातै प्रदेशको ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन सम्पन्न हुने बताएका हुन् । 
‘हामी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भन्ने विषयको कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘निर्वाचन आयोगले तोकीएकै समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी थालेकोले निर्वाचन पनि एकै पटक हुन्छ ।’
तराइ मधेशका दल लगायतका केही असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर सबै जिल्लामा एकै पटक निर्वाचन सम्पन्न गर्ने उनको दावी छ । ‘असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर निर्बाचनको वातावरण बनाउन सरकारलाई भनेका छौं । सके सहमति नसके कडा सुरक्षा व्यवस्था गरेरै भएपनि निर्वाचन तोकीएकै समयमा सम्पन्न गराइन्छ,’ उनले भने । 
निर्वाचन आयोगले पहिलेनै दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गर्दा सरकारकै आग्रमा बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भए अनुसार आयोगले सातै प्रदेशको लागि निर्वाचन कार्यतालिका बनाएर सोही अनुसार सामाग्रीको बन्दो बस्तो गर्न लागेकोले पनि दुई चरणमा निर्वाचन हुनै नसक्ने उनको भनाई थियो । 
पछिल्लो समय उत्पन्न राजनीतिक घट्नाक्रमलाई लिएर नेपाली कांग्रेसलगायतले तराईका दलहरुलाई मिलाएर दुई चरणमा भएपनि निर्वाचन गर्नु पर्ने भन्ने आशय व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्वाचनको मिति घोषणा भइ सकेपछि सरकार र राजनीतिक दलहरुले निर्वाचन आचार संहिता उल्लघंन गर्न थालेपछि त्यसलाई कडाइ गरिएको पनि उनको भनाई थियो । 
उनले पछिल्लो समयमा आयोगले निर्वाचन आचार संहितालाई कडाई गर्दै प्रधानमन्त्रीलाई समेत हेलीकप्टेर प्रयोग गर्न रोक लगाइएको जिकिर गरे । 
‘प्रधानमन्त्री, गृह र रक्षा मन्त्रीलाई निर्वाचन अवधिमा सरकारी हेलीकप्टेर प्रयोग गर्न रोक लगाइएको छ । अन्य मन्त्री तथा नेताहरुलाई त सरकारी गाडी प्रयोगमा समेत रोक लगाइएको छ,’ उनले भने ।
प्रधानमन्त्री, गृह र रक्षा मन्त्रीले नीजि हेलीकप्टेर भने प्रयोग गर्न पाउने भएपनि आवश्यक र औचित्यका आधारमा आयोगसंग मन्जुरी लिनु पर्ने व्यवस्था मिलाइएको उनले खुलसा गरे ।
आयोगमा हालसम्म १ हजारबढी निर्वाचन आचार संहिता उल्नंघनको उजुरी परेकाले पनि यस्तो निर्वाचन आचार संहिता कार्यान्वयमा कडाइ गरिएको उनको भनाई थियो ।
१ करोड ३० लाख मत्रपत्र छापीयो 
आयोगका सचिव मैनालीका अनुसार आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि १ करोड ३० लाख मतपत्र छपाइ सम्पन्न भएको जनाए । उनले नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छापीएको जनाएका हुन् । 
आगामी बैशाख २७ गतेभित्र सबै मतदान केन्द्रमा मतपत्र पु¥याइ सक्नेगरी मतपत्र छाप्ने काम तिव्र गतीमा भएको उनको भनाई छ ।
उनका अनुसार हालसम्म १७ जिल्लाको मतदान परिचयपत्र छापीसकेको पनि जनाए । ‘आगामी बैशाख २७ गते भित्र मतदान परिचय पत्र पनि छपाई सम्पन्न गरी बैशाख ३० गतेभित्र सबै मतदातकोे हातहातमा परिचयपत्र पु¥याउने व्यवस्था मिलाइएको छ,’ उनले भने ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनका लागि १० अर्व २९ करोड ६३ लाख रुपैयाँ खर्च हुने पनि उनले जनाए । यस बाहेक भारतबाट सवारी सधान र चिनबाट अन्य सामाग्री खरिद गर्ने तयारी गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत र अधिकृतलाई तालिम सुरु
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आसन्न स्थानीय तहको निर्वाचनमा खटिन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्वाचन सम्बन्धि सोमबारबाट प्रशिक्षण सुरु गरिएको जनाए । 
‘देशै भर २६ तहमा गरी ७ सय ४४ वटै तहमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण सुरु गरिएको छ,’ उनले भने । 
सोमबारबाट सिन्धुली, विराटनगर, धनगडी, सुर्खेत, मकावनपुर लगायतका केन्द्रमा ७ सय ६० निर्वातन अधिकृत र अधिकृतहरुलाई तालिम दिन थालिएको हो । सिन्धुलीमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, सिन्धुली, उदयपुर लगायतका जिल्लाका अधिकृतहरु सहभागि छन् । यस्तै आयोगले देशै भर मतदात शिक्षा प्रशिक्षण कार्यक्रम सुरु भएको जनाइएको छ । नेपालका ५४ लाख घरधुरीमै पुग्ने गरि सबै जिल्लामा मतदात शिक्षा कार्यक्रम सुरु गरिएको उनको भनाई छ ।


,

0 comments

Write Down Your Responses