Powered by Blogger.
एमाले काग्रेसका दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



सिन्धुली, २८ चैत्र । तिनपाटन गाउँपालिका वडा नं.९ आम्बोटेमा भएको कार्यक्रममा एमाले र काग्रेसका दर्जनौं कार्यकर्ता माओवादीमा प्रवेश गरेको नेकपा(माओवादी) केन्द्रका नेता अविरल मगरले बताएका छन । सोमबार भएको कार्यक्रममा नेकपा(एमाले)का क्षेत्रीय सदस्य भिम बहादुर लायो मगर सहित ६० जना एमाले र काग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
नेकपा(माओवादी) केन्द्र वडा कमिटीले आयोजना गरेको वडा भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले माओवादी केन्द्रको विजयलाई सुनिश्चीत गर्न सवै कार्यकर्ताहरुलाई क्रियाशिलताका साथ लाग्न निर्देशन दिएका छन । स्थानीय नेता होमनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सह इन्चार्ज रामचन्द्र ठाडामगर, निरकुमारी दर्लामी, गाउँपालिका संयोजक अशोक पुलामीमगर, सह संयोजक जानुका गौतम लगायतको उपस्थिती रहेको थियो ।


, ,

0 comments

Write Down Your Responses