Powered by Blogger.
चुनावको मुखमा किन बढ्यो एमालेमा विवाद ? यस्तो छ अन्तरकथा

काठमाडौं, चैत ३०– ९ औं महाधिवेशनपछि माधव नेपाल पक्ष र ओली पक्ष गरी दुई समूहमा विभक्त देशको दोस्रो ठूलो दल नेकपा एमालेभित्र स्थानीय तहको चुनावको मुखैमा विवाद चुलिएको छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीमा देखिएको समस्यासँगै बढेको विवाद समयमै समाधान नगरिए त्यसले देशभरनै समस्या निम्त्याउन सक्ने माधव नेपाल पक्षका नेताहरुले चेतावनी दिएका छन् ।

गत चैत २० गते जिल्ला सचिवालयको बैठक बसेर निर्वाचन परिचालन समितिको नाममा ओली पक्षका कृष्ण राईलाई संयोजक र रामविर मानन्धरलाई सहसंयोजक तोकिएसँगै काठमाडौंको विवाद छताछुल्ल भएको हो ।

जवकी काठमाडौंको विवाद मिलाउन स्थायी समितिले प्रदेश समितिलाई जिम्मेवारी दिए अनुसार माधवकुमार नेपाल समुहका बसन्त मानन्धरलाई उप–संयोजक र अन्य ३८ जनालाई जिल्ला समितिमा थप्न सिफारिस गरिएको थियो ।


विवादकै क्रममा अध्यक्ष केपी ओलीले काठमाडौंबाट निर्वाचन अभियान सुरु गदै पार्टीको चुनाव चिन्ह भएको झण्डा काठमाडौं जिल्ला संयोजक कृष्ण राईलाई हस्तान्तरण गरेका थिए ।

राई काठमाडौं संयोजक रहेको जिल्ला समितिको अधिवेशन नभएको ७ बर्ष भएको छ । जबकि विधानमा ३ बर्षमा जिल्ला सम्मेलन गर्नु पर्ने उल्लेख छ । तर ओली पक्षले ७ बर्ष देखि अधिवेशन नगरी उल्टै आफूहरुलाई पेलेर जान खोजेकाले समस्या खडा भएको नेपाल पक्षको दाबी छ ।

एमाले नेता अरुण नेपाल भन्छन्, ‘काठमाडौं जिल्लामा केहि विवाद भएपनि पार्टीले मिलाउन खोजेको छ । यो समस्या छिटै मिल्ने छ ।’

चैत २० गते काठमाडौं जिल्ला सचिवालयको बैठक बसेर एकपक्षीय रुपमा ओली पक्षले निर्वाचन कमिटी त बनायो नै निर्वाचन अभियान गर्दा सम्म नेपाल समुहको कुनै खोजी निति नभएपछि नेपाल समुह थप आक्रोशित बनेको बताइन्छ ।

त्यसकै परिणामस्वरुप चैत २७ गते माधबकुमार नेपाल समुहले काठमाडौको नयाँ बजारमा भेला गरेर प्रदेश समितिले बसन्त मानन्धरको नेतृत्वमा समानान्तर समिति नै घोषणा गरेको हो । उक्त भेलालाई सम्बोधन गर्न पुगेका झलनाथ खनाल,माधव कुमार नेपाल र सचिव योगेश भट्राईले विवाद नमिलाइए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

आफ्नालाई टिकट दिलाउने होडबाजी

एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाल पक्षले आफ्नो पक्षलाई टिकट दिलाउनको लागि अनावश्यक बखेडा झिकेको आरोप लगाए ।

‘साथीहरुमा सधैं पार्टीमा बखेडा निकाल्ने बानी छ । केहि नपाएर काठमाडौंमा बखेडा निकालेका छन्’, उनले भने, ‘ यो भनेको निर्वाचनमा आफ्नो पक्षलाई टिकट दिलाउन गरिएको बार्गेनिङ हो ।’

गुरुङको भनाई सचिव भट्राईको अभिव्यक्तिसँग मिल्छ । चैत २७ गतेको समानान्तर समुह घोषणा कार्यक्रममा भट्राईले आफूहरुलाई काठमाडौंमा झोला बोक्न लगाए चितवनमा ओलीहरु झोला बोक्न तयार हुन चेतावनी दिएका थिए । स्मरण रहोस्, काठमाडौंमा ओली समुह बलियो छ भने चितवनमा नेपाल ।

एमालेभित्र घोषित–अघोषित रुपमा निर्वानमा आफ्नो पक्षलाई टिकट दिलाउने होडबाजी सुरु भएको बताइन्छ । टिकटको लडाईले अब आउने महाविधेशनलाई पनि प्रभावित पार्ने देखिन्छ । जुन समुहले टिकट बढि दिलाउन सक्यो त्यतातर्फ कार्यकर्ताको झुकाव बढी हुने एक केन्द्रीय नेता बताउँछन् ।

माधवकुमार नेपाल निकट एक केन्द्रीय सदस्यले भने ‘हाम्रा पार्टी अध्यक्ष बाहिर लोकतन्त्रका कुरा ठूला गर्नु हुन्छ तर ७ बर्ष सम्म पनि पार्टीको अधिवेशन नगरेर अबैधानिक कमिटी चलाउन अनुमति दिनु हुन्छ । उहाँको पक्षको बहुमत भएपछि त्यहाँ लोकतन्त्र चाहिदैन । ’

‘गुट’को चलखेल बढ्यो

एमालेमा रहेका गुटहरु पुनः सलबलाउन थालेका छन् । यो सलबलाहट स्थानीय तहको निर्वाचनमा बढी मुखर हुने बताइन्छ । बाहिर जति एक भएको कुरा गरेपनि एमालेमा प्रमुख दुई समुह छन् ।

नेता–नेताका समुह पनि सक्रिय रहेको नेताहरुनै सहर्स स्वीकार्छन् । संस्थापनले टिकट दिँदा समान रुपमा दिएन भने एमालेमा निर्वाचन भन्दा पहिला नै विवादले उग्र रुप लिने निश्चित छ । विवादका बीच टिकट वितरण गरिए र गलत परिणाम आए जिम्मेवारी एकले अर्कोलाई दोष लगाउने प्रष्ट छ ।


,

0 comments

Write Down Your Responses