Powered by Blogger.
सांसद पहाडीको कारलाई बसको ठक्कर

सांसद पहाडी चढेको कार । फोटो अमर थापामगरको फेसबुकबाट 
सिन्धुली, २७ जेठ । नेकपा(एमाले)का वैकल्पीक केन्द्रिय सदस्य तथा सिन्धुली क्षेत्र नं.१ का सांसद गणेश पहाडी सवार कारलाई यात्रुबाहक बसले ठक्कर दिएको छ ।
काठमाण्डौबाट सिन्धुलीको फिक्कल गाउँपालिका तर्फ हिडेका पहाडी चढेको बा ११ च ८१६९ नम्बरको कारलाई ओखलढुंगाबाट यात्रु लिएर काठमाडौ तर्फ हिडेको बा ४ ख ३८९४ नम्बरको बसले मध्यपहाडी लोकमार्ग स्थित गोलन्जोर गाउँपालिका–१ कलिआप भन्ने स्थानमा ठक्कर दिएको हो ।
बसको ठक्करबाट कारमा क्षति पुगेको छ भने सांसद पहाडी र चालकलाई सामान्य चोट लागेको भएपनि अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बसको तिब्र गतिका कारण ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शिहरुले बताएका छन ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।


,

0 comments

Write Down Your Responses