Powered by Blogger.
विकास अभियानको सुरुवात ‘सफा खुर्कोट’ बाट


  • विष्णु प्रसाद देवकोटा 

नयाँ संविधान अनुसार स्थानिय तह निर्वाचन २०७४ बाट निर्वार्चित गोलन्जोर गाउँपालिका वाड नं.७ (साविक भीमेश्वर गा .वि.स.)को टिमले २०७४।२।२६ शुत्रवारका दिन पहिलो वडा भेला बसी वडा अन्तरगतका विभिन्न संघ संस्था, कार्यालय, उद्योग ब्यवसायी बुद्धीजीवि लगायत पत्रकार समेतको परिचयात्मक कार्यक्रम गर्दै प्राप्त सुझाव सल्लाहलाई मध्यनजर गर्दै खुर्कोटलाई सफा संमृद्ध, हराभरा, आत्मानिर्भर बनाउने उद्घोष गर्दै सफा खुकोंट बनाउन तत्काल सुरुवात गर्ने क्रममा भोलीपल्टै ज्येष्ठ २७ वडा अध्यक्ष रोम बहादुर देवकोटा (सुबास) को नेतृत्वमा खुर्कोटको मुटु वा चोकमा अवस्थित भीमसेन स्थान बजार  बाट सरसफाई अभियानको थालनी गरेको छ । सो ‘सफा खुर्कोट’ अभियानलाई जिरी प्राविधिक शिक्षालय, सुभजीवन हस्पिटल, भीमेश्वर अस्पालत,सुनकोसी सामुदायिक अस्पताल,इलाका प्रहरी कार्यालय,टुरिजम बैक लगायत स्थानिय उद्योग ब्यवसायी एवं विभिन्न संघ संस्थाको सभागिता रहेको थियो ।
‘सफा खुर्कोट’ पछि हराभरा खुर्कोट बनाउने अभियान हुने छ जस अन्तरगत सुनकोसी नदीको पानीलाई सेराको बाध सम्म तानी खुर्कोट फाँटलाई बाह्ै महिना सिचाँई सुविधा उपलब्ध गराइन,े माथिल्लो भागलाई अधेरी खोला एवं भालुखोलाको पानीलाई अधिकतम उपयोग गरी प्रर्याप्त खानेपानी ब्यवस्थाकासाथ सिचाँइमा प्रयोग गरी बारी काल्ला तथा बनपाखामा घाँस एवं बनस्पतीजन्य रुख विरुवाहरुले हराभरा बनाइने छ ।
दुध तथा दुग्ध पदार्थमा आत्मनिर्भर खुर्कोट–सफा, हराभरा खुर्कोटपछि दुध तथा दुग्ध पदार्थमा आत्मनिर्भर खुर्कोट घोषणा गरिएको छ । सोसंग सम्बन्धित निकायसंग समन्वय गरी गाउँपालिकाले उन्नत पशुपालनमा कृषकलाई प्रोत्साहित गर्ने साथै १÷ १ वटा गाई भैसी बाख्राको नमुना फार्म श्रोतकेन्द्रको रुपमा हुनेगरी नमुना फार्म संचालन गरी यहाँका कृषकहरुको दैनिक आय आर्जनमा मदत पु¥याउदै कृषकहरुको जीवन स्तरमा सुधार ल्याउने साथै प्राङगारिक कृषि उत्पादनका लागि अति आवश्यक पर्ने गोवर मल र बातावरण स्वच्छ राख्ने बायोग्यास उत्पादनमा समेत बल पु¥याउने कार्यक्रम संचालन गरिने छ । यस अघि खुर्कोट बजारमा स्थानिय उत्पादनबाट नपुग भई मन्थली र सिन्धुलीबाट आयात गर्न बाध्य भएका दुध तथा दुग्ध पदार्थलाई प्रतिस्थापन गरी यहाँ खपतबाट बढी भएको दुधलाई नजिकको ठुलो बजार काठमाडौ लाने प्रयत्न गरिने छ । सो को लागि आवश्यक पर्ने पशुधन, दुध संकलन तथा भडारण,प्रसोधन एवं विक्री वितरणलाई ब्यवस्थित गर्न सम्बन्धित निकायसंग सहकार्य गरी यथासक्य चाडो कार्यान्वयन गरिने छ ।
दुध तथा दुग्ध पदार्थमा आत्मनिर्भर  तथा निर्यातयोग्य तुल्याउँदै तरकारी एवं मसलाजन्य बस्तु उत्पादन गरी स्थानीय बजार लगायत मन्थली एवं सिन्धुलीमाढीमा समेत पहँुच रहेका तरकारीजन्य बस्तु उत्पादनमा समेत कृषकहरुलाई अझ उत्साहित गर्न अनुदान तथा सहुलियत ऋण प्रदान गर्न पहल गरिने छ । तरकारी उत्पादनका साथै फलफुल तथा अन्य कृषिबाली समेतलाई आधुनिकीकरण गर्दै पानी, जंगल, चरन, पशु फार्मिङ समेतको प्रचुर संभावना बोकेको ठुलागाउँ छाप, राताटार तथा माथिल्लोबेसी बाराहा समेतलाई पशुपालनको मुख्य स्थान बनाइने छ ।
उद्योग ब्यवसाय प्रवद्र्धन–साविक देखि पशुपालन कृषि लगायत केही मात्रामा बन्द ब्यापार हुने गरेको यस क्षेत्रमा खासगरी विपि राजमार्ग,मध्यपहाडी राजमार्ग निर्माण, सुनकोसी खुर्कोटमा पक्की पुल निर्माण सम्पन्न भएपछि मध्यपहाडी राजमार्गका दश ठुला शहर मध्ये एक ठुलो शहर निर्माणको थालनी भै रहेकोले खुर्कोट यातायातका साधनको बढ्दो चापसंगै विषेशगरी होटल गेष्टहाउस तथा रेष्टुराको संख्यामा पनि वृद्धि हँुदै एक ठुलो ब्यापारिक केन्द्रका रुपमा समेत स्थापित हुन पुगेको खुर्कोट पुर्वपश्चिमको केन्द्रमात्र नभई ऐतिहासिक नगरी जनकपुर धामबाट गौरीशंखर तथा सगरमाथा जस्ता प्रशिद्ध हिमाल जोड्ने नाका  समेत रहेको छ खुर्कोट ।
खुर्कोट आफैमा ऐतिहासिक –महाभारतकालमा पाण्डवहरु गुप्तवास जाँदा हतियारको पोकोपारी झुन्ड्याएको भीमसेन मन्दिर संगैको समीको रुख, गुप्तवास सकिएपछि युद्धको शंखघोष  गरेको शंखे पिपल विराट राजाका गाईका खुर काटिएको चर्चित स्थान, किराँत राजा किचकको राजधानी खुर्कोट पारी सेलेघाट) स्थित दरवारको भग्नावशेष, प्राचिन कालको राजधानी झल्काउने खुर्कोट सदावर्त (राजडिही) स्थित भवनका भग्नावशेष माटाका भाडा बर्तन र गर गहनाका आकृती, सुनकोसी किनारमा बज्रजडित स्थान, युद्ध खजना भण्डार (बारुदखाना) छाप गाउँठुलागाउँ स्थित कोत डाँडा, सो आसपासमा बाक्लै पाइने सिसाका गोली तथा छर्रा लगायतले यो स्थान इतिहास देखि नै चर्चित र महत्वपुर्ण रहेको छ  किरातकाल देखि नै पश्चिमतर्फबाट खुर्कोट चपौली बिर्ता पाई बसोबास गर्दै आएका देवकोटा परिवारको समेत ठुलोसंख्यामा बसोबास रहेको यस खुर्कोट क्षेत्रलाई संरक्षण र सम्बद्र्धन गरी एक महत्वपुर्ण पर्यटकीय क्षेत्र बन्न सक्ने स्थान समेत हो खुर्कोट ।
पर्यटकीय स्थल बन्ने प्रचुर संभावना–खुर्कोट र खुर्कोट आसपासका उल्लेखित ऐतिहासिक स्थलहरुको संरक्षण गर्दै भोलीको संमृद्ध खुर्कोटका अग्ला होचा डाँडा पखेराहरुमा रिसोर्ट, पार्क,टावर,बन्न योग्य ठाउँहरु राताटार चैनपुर डाँडा, छाप तथा ठुलागाउँ कोट डाँडा,रमणीय तारेभीर हँुदै थाम र जैमन पोखरी,लोपोन्मुख हायु बस्ती हायुडाँडा शिखर, असंख्य जडिबुटी,चराचुरुङ्गी तथा बन्यजन्तु सहित घनाजंगलको महाभारत पहाड श्रृंखला  ऐतिहासिक विजय किल्ला सिन्धुलीगढीस्थित प्रशिद्ध शिद्ध, मन्दिर गढी किल्लाका भग्नावशेष रहेका स्थान समेतलाई समष्टीगत रुपमा लिदाँ ऐतिहासिक सिन्धुलीगढीको उत्तरी नाकाको रुपमा अवस्थित खुर्कोटको ऐतिहासिक एवं पर्यटकीय महत्व ठुलो रहेको छ । 
कृषि क्षेत्रमा पहिला देखि नै ख्याती प्राप्त खुर्कोट –तात्कालीन रामेछाप बजारलाई धेरैहद सम्म तरकारी आपुर्ती गर्न सफल खुर्कोटको खासगरी राताटार गाउँ थरीथरीका तरकारी उत्पादन हुने प्रमुख थलो हो जहाबाट उत्पादन भएको आलु एक दानाले नै झन्डै एक धार्नी तौल पुग्ने भएकाले खुर्कोटको आलुको धेरै नाम चलेको थियो ।आधुनिक कृषितर्फ जिरा धनिया, नरीवल, सुपारी लगायत मसलाजन्य खेती, बक्कड (जमुनापारी) जातका लामाकान भएका बाख्रा पालन,जिलेवि,बर्फी,पेडा लगायतका दुग्ध पदार्थहरुको प्रवेश आज भन्दा करीव ६० वर्ष अगाडी देखि नै भारतबाट जानकारी लिइ आएका नन्दलाल देवकोटा (जम्दार बा) ले खुर्कोटमा भित्र्याएका थिए । यसै सेरोफेरोमा २०३० सालमा जनकपुर अञ्चल स्तरीय जिरा उत्पादन लगायत आधुनिक कृषिबालीमा खुर्कोटबाट टंक प्रसाद आचार्य  गुणराज देवकोटा लगायत हामी समेतले आधुनिकतवरले लगाई सफलता हासिल गरेको खुर्कोटको समाचार रेडियो नेपाल कृषि कार्यक्रमबाट प्रसारण भएको थियो ।
अमर शहिद आजाद भुमि खुर्कोट–आफ्नो सम्पुर्ण शक्ति तानासाही साशकबाट खोसी जनताको साशन ल्याउन खर्च गर्दै २०३७ सालमा तानासाही पन्चायती साशकबाट मारिनु भै अमर शहिद बन्नु भएका आजाद (ऋषि देवकोटा) को जन्मभुमि समेत रहेको खुर्कोट राजनीतिक क्षेत्रमा समेत चर्चित मानिन्छ र देवकोटा परिवारले नै २०७४ को स्थानीय चुनावमा यस स्थानको अगुवाई गर्ने अवसर पाएको बर्तमान अवस्थामा जनप्रेमी युवा एवं सहकारीकर्मी ब्यक्तित्व रोम बहादुर देवकोटालाई भारी मतले जनताले विजयी गरी वहाँको काँधमा अथाह जिम्मेदारी दिएका छन् ।
शैलशिखर परिवारको अपेक्षा–प्रकाशन, परोपकार,फार्मिङ,डेरी विकास एवं संस्था ब्यवस्थापन ( PPFDS) लाई प्रमुख लक्ष एवं कार्यक्रम बनाई मकवानपुर जिल्लामा दर्ता रहि प्रकाशन तथा डेरी विकासको कार्यक्रममा मदत गर्दै २०६४ सालमा सिन्धुली जिल्ला प्रवेश गरी २०६७ सालमा खुर्कोटबाट परोपकार कार्यक्रम अन्तरगत शैलशिखर अनाथालय मार्फत समाजका असहाय अनाथ बालबच्चाहरुलाई भविष्यका कर्णधार नागरिक तथा कृषि सहकारी एवं दुग्ध विकास अभियानका दक्ष कार्यकर्ता बनाउने लक्षका साथ उच्च स्तरको पढाइर्, अनुसान, सस्कार, सरसफाई एवं श्रृंजनशील बनाउन प्रयत्नरत शैलशिखर कृषक उत्थान संस्थाको कार्यक्रमलाई समेत यथासक्य सहयोगको अपेक्षा राखिन्छ ।

अन्तमा –सफा स्वच्छ हराभरा श्रृजनशील, स्वाभिमानी, स्वावलम्वी, ब्यव्स्थित समग्रमा भन्नुपर्दा संमृद्ध तथा सम्पन्न खुर्कोट निर्माण गर्ने कार्यमा वर्तमान वडा अध्यक्ष रोम बहादुर देवकोटाको टिमले आफ्नो कार्यकालमा घोषित कार्यक्रमलाई सम्पुर्ण जनताको सहयोग र सदभाव प्राप्त गर्दै ऐतिहासिक खुर्कोटलाई गोलन्जोर गाउपालिकाको मात्र नभई एक नमुना एवं पर्यटकीय क्षेत्र बनाउन  धेरै हद सम्म सफल हुने अपेक्षा राखिन्छ ।
अध्यक्ष  शैलशिखर कृषक उत्थान संस्था एवं जिल्ला दुग्ध सहकारी संघ लि सिन्धुली                         


,

0 comments

Write Down Your Responses