Powered by Blogger.
कार्यकर्तालाई सुर ताल मिलाएर दौडन प्रचण्डको आग्रह

बुद्धकुमार आछामी 
सिन्धुली, १६ श्रावण । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई सुरताल मिलाएर दौडन आग्रह गरेका छन । स्थानीय तहको निर्वाचनमा सवै नेता कार्यकर्ताहरु दिनरात दौडिएको भएपनि दौडाईमा सुरताल नमिल्दा निर्वाचन परिणाम सन्तोषजनक आउन नसकेको बताएका छन । 
सोमबार सिन्धुलीमाढीमा कार्यकर्ताहरुसँग भेटघाट गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले भने, “स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीको सोचेजस्तो परिणाम आउन सकेन त्यसमा जनताको केहि दोष छैन, कमजोरी नेता कार्यकर्ता र पार्टीकै हो ।, सुरताल मिलायर दौडन सकेमा आउँदा दिनमा माओवादी बलियो हुन्छ ।” जनताले माओवादी प्रतिको अपेक्षा र विश्वास गरिरहेको भएपनि माओवादी जनतासँग नजोडिदा निर्वाचनमा भोट काग्रेस र एमालेको पक्षमा जान पुगको प्रचण्डको भनाई थियो । 
स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयलाई अगाडि बढाएको बताउँदै प्रचण्डले स्थानीय तहमा चुनाब काग्रेस एमालेले जितेपनि कामचाँही माओवादीको गनुपर्ने बताए । माओवादी नेतृत्वको सरकार नभएको भए स्थानीय तहको निर्वाचन संभव नभएको समेत उनले जिकिर गरे । 
‘प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनीतिक दलहरु सकारात्मक रहेको अध्यक्ष प्रचण्डले दावी गरे । उनले भने,‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् । निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाई रहेको छ । एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझैपनि हामी कसरत गरिरहेका छौं ।’ केन्द्र र प्रदेशको चुनाव माघ सात भित्रै सम्पनन् हुने उनले बताए । 


, ,

0 comments

Write Down Your Responses