Powered by Blogger.
सिन्धुलीमा दुई संघ, चार प्रदेश निर्धारण गर्न सिफारीस


सिन्धुली २७, साउन । तिन वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लालाई दुई वटा मात्र क्षेत्र कायम गर्न जिल्ला स्थित राजनीतिक दलका नेताहरुले सिफारीस गरेका छन् । 
जिल्लाको ठुला दुई दल नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त निर्णय गर्दै तिन वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली लाई कम्तीमा दुई वटा संघ (निर्वाचन क्षेत्र) कायम गर्न माग गर्ने निर्णय गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सिफारीस गरेको हो ।
नेपाली कांग्रेसले भने एमाले र माओवादी केन्द्रले गरेको निर्णयमा केही संसोधन गर्नु पर्ने जनाएको छ । क्षेत्र निर्धारणका विषयमा एमाले र माओवादी केन्द्र एक भएका छन भने नेपाली कांग्रेसले फरक विचार राखेको छ । एमाले र माओवादी केन्द्रले दुई नगरपालिका  र सात वटा गाउँपालिका सहित  ९ वटा स्थानीय तह रहेको जिल्लामा दुई वटा संघ –निर्वाचन क्षेत्र) बनाउँनु पर्ने राय सहित सहमति गरिएको एमाले सिन्धुलीका अध्यक्ष प्रदिप कटवालले बताए । 
‘सहमति अनुसार कमलामाई र दुधौली नगरपालिकालाई एक÷एक वटा संघ (निर्वाचन क्षेत्र)मा पर्ने गरी सिमाङ्गकन गर्ने र महाभारत तथा सुनकोसी गढतिरलाई पनि आधा÷आधा बनाउँने सहमति भएको छ,’ कट्वालले भने ।
एमाले र माओवादी केन्द्रको सहमति अनुसार दुधौली नगरपालिका सहित फिक्कल, तिनपाटन, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको १३ र १४ वडालाई समायोजन गरेर १ नम्बर संघ र कमलामाई नगरपालिकाको १२ वटा वडा सहित, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङ्लेक गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका मिलाएर २ नम्बर संघ बनाउँने निर्णय भएको छ । 
उता नेपाली कांग्रेसले भने  एमाले र माओवादी केन्द्रले गरेको निर्णयमा कमलामाई नगरपालिकाको १३ र १४ नम्बरमात्र नभएर थप ९ र १० नम्बरलाई समेत थप गरेर संघ नम्बर १  र बाँकी क्षेत्रलाई दुई पार्टीको निर्णय जस्तै संघ नम्बर २ बनाउँनु पर्ने माग गरेको नेपाली कांग्रेसका सभापति उज्ज्वल बरालले बताए । 
उनले भने, ‘क्षेत्र निर्धारणका विषमा एमाले माओवादी केन्द्रको भन्दा थोरै मात्र फरक दृष्टिकोण राखेका छौं । दुधौली नगरपालिकामा फिक्कल, गोलन्जो र तिनपाटन गाउँपालिकामा  साविक रानीवास अन्तरगत रहेका कमलामाई नगरपालिकाको ९, १०, १३ र १४ नम्बर वडा मिलाएर संघ नम्बर १ र कमलामाई नगरपालिकाको बाँकी १० वटा वडा सहित सुनकोसी, मरिण, हरिहरपुरगढी र घ्याङलेक गाउँपालिका मिलाई संघ नम्बर २ निर्धारण गर्नु पर्ने भन्ने राय सहित हामीले सिफारीस गरेका छौं ।’
यसै विच जिल्लामा चार वटा प्रदेश निर्वाचन क्षेत्र बनाउने निर्णय भएको माओवादी केन्द्रका जिल्ला सदस्य ज्वालाप्रसाद न्यौपानेले बताए । ‘जिल्लाको दुई संघ निर्वाचन क्षेत्रलाई मिलाई चारवटा प्रदेश निर्वाचन क्षेत्र बनाउँन सिफारीस गरिएको छ,’ उनले भने ।
न्यौपानेका अनुसार प्रदेश १ मा दुधौली नगरपालिकाको १, २ र ३ नम्बर वडा बाहेक सबै वडा फिक्कल गाउँपालिकामा मिलाई सिमाङ्कन गर्ने, प्रदेश क्षेत्र २ मा गोलन्जोर र तिनपाटन गाउँपालिकामा दुधौली नगरपालिकाको १, २ र ३ नम्बर वडा र कमलामाई नगरपालिकाको १३ र १४ नम्बर वडा मिलाई निर्धाण गर्ने, प्रदेश क्षत्रे ३ मा कमलामाई नगरपालिकाको १३ र १४ नम्बर वडा बाहेक र सुनकोसी गाउँपालिका मिलाई तय गर्ने र प्रदशे नम्बर ४ मरिण, हरिहरपुरगढी र घ्याङलेख गाउँपालिका मिलाई सिमा निर्धाणर गर्ने सहमति भएको छ । 
‘उक्त सहमति अनुसार जिल्लालाई दुई संघ निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र कायम गर्ने गरी सहमति भएको छ,’ न्यौपानेले भने । कांग्रेस लगायत अन्य दलहरुले पनि सिन्धुलीमा दुई संघ निर्वाचन र चार प्रदेश निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा सहमत गरीसकेका छन् ।
२०६८ सालको जनगणनालाई आधारमानी भौगोलिक, जातीगत, जनसंख्या, सांस्कृतीक विविधतालाई समेत मध्येनजर गर्दै संघ र प्रदेशको क्षेत्र र सिमा निर्धारण गरि क्षेत्र निर्धारण आयोगलाई सिफारीस गरिएको दलहरुले जनाएका छन् ।


, ,

0 comments

Write Down Your Responses