Powered by Blogger.
रेडियो बिजयकिल्लाको परिक्षण प्रशारण सुरु


सिन्धुली, २ भाद्र । सुचनाको लागी नागरिक अभियान सिन्धुलीले सिन्धुलीमाढीमा सञ्चालन गरेको सामुदायीक रेडियो रेडियो बिजयकिल्ला ९३ मेगाहर्जले आजबाट परिक्षण प्रशारण सुरु गरेको छ ।
सुक्रबार दिउसो ४ बजेबाट रेडियोको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु गरिएको हो । नेपालको राष्ट्रिय गान बजाउँदै रेडियोले आफ्नो परिक्षण प्रशारण सुरु गरेका छ । 
५०० वाट क्षमता भएको रेडियो सिन्धुली लगायत आसपासका जिल्लाहरुमा समेत सुन्न सकिने जनाईएको छ । यस सँगै सिन्धुलीमा सामुदायीक रेडियोको संख्या ४ पुगेको छ । 


,

0 comments

Write Down Your Responses