Powered by Blogger.
डिन सिन्धुलीको अधिवेशन सम्पनन्


सिन्धुली, ३ भाद्र । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) जिल्ला कार्य समिति सिन्धुलीको चौथो अधिवेशन आज सिन्धुलीमाढीमा एक समारोह बीच सम्पनन् भएको छ । 
चित्र बहादुर लुंगेलीमगरको अध्यक्षतामा सम्पनन् अधिवेशनले हिमाल विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । नब गठित कार्यसमितिको उपाध्यक्ष राम प्रसाद गजुरेल, सचिबमा जगनाथ श्रेष्ठ, सह सचिबमा प्रदिप विश्वकर्मा, कोषाध्यक्षमा निर्मला काफ्ले रहेका छन । 
डिन नेपालका केन्द्रिय सल्लाहकार जगत बहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनलाई आधिकारीक कर्मचारी ट्रेड यूनियन सिन्धुलीका अध्यक्ष फडिन्द्र दाहाल, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोम प्रसाद काफ्ले, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बर बहादुर भुजेल, इन्जिनियर दुर्गा प्रसाद घिमिरे लगायतले शुभकामना अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । 
अधिवेशन मार्फत संघीयताको कार्यान्वयनसँगै मध्यम स्तरका प्राविधिक जनशक्तिको उचित र सम्मानजनक व्यवस्थापनका गर्ने साथै पेशागत दक्षता र क्षमतालाई विकास गर्न गतिविधीहरु सञ्चालन गर्ने कार्ययोजना निर्माण गरिएको नव निर्वाचित अध्यक्ष हिमाल विश्वकर्माले बताए । कार्यक्रमकै अवसरमा सब इन्जीनियरबाट इन्जिनिएरमा बढुवा हुने दुर्गा प्रसाद घिमिरेलाई सम्मान समेत गरिएको छ ।




0 comments

Write Down Your Responses