Powered by Blogger.
जिल्ला समन्यव समिति सिन्धुलीमा एमाले माओवादी गठबन्ध बिजयी



संयोजकमा एमालेका बर्मा र सह–संयोजकमा माओवादीकी अधिकारी निर्वाचित 
बुद्धकुमार आछामी 
सिन्धुली, २५ श्रावण । जिल्ला समन्यव समिति सिन्धुलीको आज भएको निर्वाचनमा नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)को गठबन्धनका उमेदवारहरु बिजयी भएका छन । संयोजकमा नेकपा(एमाले)का संकरराज बर्मा र संह–संयोजकमा नेकपा(माओवादी केन्द्रं)की सम्झना अधिकारी दनुवार बिजयी भएकी हुन । 
त्यस्तै सदस्यहरुमा पनि एमाले÷माओवादी गठबन्धकै उमेदवारहरु बिजयी भएका छन । नेकपा(एमाले) को तर्फबाट गंगा कार्की, बिन्दा परियार र ऐमान तामाङ्ग सदस्यमा बिजयी भएका छन भने नेकपा माओवादी केन्द्रबाट भगवती पुलामी, तेजवहादुर सुनुवार, अमृत वाइवा र चित्र बुढाथोकी(सन्तोष) बिजयी भएका छन । निर्वाचनमा जम्मा खसेको १८ मत मध्ये विजयी सवैले १३÷१३ मत प्राप्त गरेका छन । 
जिल्लाका ९ वटा स्थानीय तह मध्ये ३÷३ वटा स्थानीय तह जितेका काग्रेस, एमाले र माओवादी केन्द्रले जिल्ला समन्यव समितिको निर्वाचनमा एकलौटी जिल्ला समन्यव समिति बनाउन सक्ने अवस्था नरहे पछि दुई पार्टी एमाले र माओवादी बीच गठबन्धन बनेको थियो । 
पहिलो चरणमा सत्ता साझेदार दल नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र बीच ९ सदस्यीय समन्यव समितिमा ६÷३ को भागवण्डा गर्ने लिखित सहमति बनेको थियो । तर माओवादी केन्द्रले संयोजक पद आफुले पाउनु पर्ने दाबि गरेपछि उक्त सहमतिलाई तोड्दै नेपाली काग्रेसले नेकपा एमालेसँग सहमति गर्न पुगेको थियो । काग्रेस र एमालेको सहमति अनुसार संयोजक पद नेपाली काग्रेसले लिने र सह–संयोजक सहित ८ सदस्य नेकपा एमालेले लिने लिखित सहमतिमा हस्ताक्षर भएको थियो । 
साउन ११ गते भएको उक्त लिखित सहमति साउन १८ गते राति सम्म आउँदा तोडिएर पुन नेकपा एमाले र माओवादी केन्द्र बीच सहकार्य गर्ने सहमति बनेको थियो । सोहि लिखित सहमति अनुसार नेकपा एमाले र माओवादी केन्द्रले सुक्रबार समन्यव समितिमा सयुक्त मनोनयन दर्ता गराएका थिए । 
काग्रेसको तर्फबाट संयोजकमा सम्भु राउत, सह–संयोजकमा दिपा बैजु र सदस्यहरुमा पूर्णराज गीरी, लोक बहादुर थापा, अजुन कोइराला, सम्झना रोक्का, बिमला विंशकेले ५ मत प्राप्त गरी पराजीत भएका छन । 

को हुन संयोजक बर्मा ?
२०२२ साल असार २२ गते आमा कृष्णकला क्षेत्री र बुबा गोपालराज तिवारीको कोखबाट जन्मीएका बर्मा २०३६ सालदेखी अनेरास्ववियू एकताको पाँचौमा आबद्ध भई राजनैतिक यात्रा सुरु गरेका थिए । विए विएड सम्मको अध्यन गरेका बर्माले स्थानीय विद्यालयमा २ वर्ष निशुल्क अध्यापन समेत गरेका थिए । 
२०४९ सालको स्थानीय निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट तत्कालिन निपाने गाविसमा अध्यक्षमा निर्वाचित भएका बर्मा २०५४ सालमा जिल्ला विकास समिति सदस्य बनेर जनताको सेवा गरेका थिए । नेकपा(एमाले)को जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका बर्मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट दुधौली नगरपालिका वडा नं.३ मा सदस्य पदमा ६२६ मत प्राप्त गरेर विजयी भएका थिए । बुधबार उनी जिल्ला समन्यव समिति, सिन्धुलीको संयोजक पदमा १३ मत प्राप्त गरी बिजयी भएका छन । 
को हुन सह–संयोजक अधिकारी 
२०३५ सालमा आमा दुखीया फनेत र बुवा रामकुमारी फनेतको कोखबाट जन्मीएकी अधिकारी पारिवारीक राजनैतिक गतिविधीका कारण केटाकेटी उमेर देखीनै प्रभावित थिइन । प्रमाणपत्र तह सम्मको अध्यन गरेकी अधिकारी नेकपा(माओवादी) केन्द्रको जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष पदमा क्रियाशिल थिईन । २०७४ को स्थानीय तह निर्वाचन पछिको दुधौली नगरपालिकाको नगरसभाबाट मनोनित भई नगरसभा सदस्य बनेकी अधिकारी १३ मत प्राप्त गरी बुधबार जिल्ला समन्यव समितिको सह संयोजक बनेकी छिन । झण्डै ३० हजार भन्दा बढी दनुवार जनसंख्या रहेको सिन्धुलीमा उनी दनुवार समुदायबाट जिल्ला समन्यव समितिमा प्रतिनिधीत्व गर्ने पहिलो महिला बन्न पुगेकी छिन । 


, ,

0 comments

Write Down Your Responses