Powered by Blogger.
सुनकोसीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल


बुद्धकुमार आछामी 
सितलपाटी (सिन्धुली) २१, साउन । वीपी राजमार्ग अन्तरगत सिन्धुलीको खाल्टेमा सुविधासम्पन्न सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।
आत्मीय नामक संस्थाको पहलमा शुनकोसी गाउँपालिका ६ स्थित सितलपाटीको खाल्टेमा शनिवार अमेरीकन डक्टर किस्टोफर बार्ली र शुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले संयुक्त उद्घाटन गरेपछि उक्त असपताल सञ्चालनमा आएको हो । 
डक्टर किस्टोफर बार्लीको विशेष पहलमा उक्त अस्पताल सञ्चालनमा आएको अस्पतालका कार्यकारी निर्देशक सन्जीव केसीले बताए । ‘५ सय एमएको डिजिटल एक्सरे, अत्याधुनीक ल्याव, विशेसज्ञ डक्टर, २४ सै घण्टा इमरजेन्सी सेवा, अस्पताल भित्रै फार्मेसी सेवा सहितको १५ शैयाको अस्पताल शनिवारबाट औपचारीक सञ्चालनमा आएको छ,’ उनले भने ।
अस्पतालमा अमेरीकन डक्टर बार्ली, डाक्टर  माइकल तथा नेपालका अनुभवी डक्टरहरुले सेवा तथा व्यवस्थापन प्रदान गर्ने छन् ।  अस्पताललाई थप विकसीत गर्दै लैजाने र आगामी दिनमा उक्त अस्पतालमा ट्रमा सेन्टरनै सञ्चालन गर्ने योजना रहेको उद्घाटनका क्रममा डक्टर बार्लीले बताए । 
उनले भने, ‘हामी यस अस्पतललाई आगामी दिनमा थप विकसीत गर्दै लैजाने छौं । यसका लागि अमेरीका बाट विभिन्न डक्टर र अत्याधुनीक सामाग्रीका लागि पहल गरेका छौं । हामी पनि स्थानी समुदायको स्वास्थ्य प्रति गम्भीर भएर काम गर्ने छौं ।’
डक्टर बार्लीले अमेरीकाका विश्वविद्यालयमा अनुभवी डकटरहरुलाई आत्मीय अस्पतालमा ल्याई विशेष क्याम्प सञ्चालन गरी उपचार सेवा दिने बताए ।
विपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि त्यस क्षेत्रमा अत्याधिक सडक दुर्घट्ना बढ्दै गएको खबर पाएपछि आफुहरुको पहलमा खाल्टेमा दुई वर्षको पहलपछि अस्पताल सञ्चालन गर्न सफल भएको अर्का डक्टर माइकलले बताए । 
अस्पतालको उद्घाटनका क्रममा शुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहलले आत्मीय अस्पताललाई जिल्लाकै नमुना अस्पतालको रुपमा विकास गर्न सके सरकारको लक्ष्य र स्थानीयको चाहाना अनुसार काम गर्न सकिने धारणा राखिन । 
‘हाम्रो चाहाना र राज्यलेनै सबै स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने नीति बनाएको छ । यसलाई सार्थकता दिन जिल्लाका नौं वटा स्थानीय तह मध्ये सुनकोसी गाउँपालिकामा पहिलो सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । यो हामी सबैको गौंरव र अवसर हो । यस अस्पताललाई चाँडै थप विकसीत गरेर लैजान सके यस क्षेत्रमा स्वास्थ्यको हिसावले महत्वपुर्ण सहयोग पग्ने छ,’ उनले भनिन् ।
उक्त अस्पताललाई सुविधा सम्पन्न गर्न र वीपी तथा मध्यपहाडी सडकमा हुने सडक दुर्घट्नाका घाइतेहरुको उपचारका लागि ट्रमा सेन्टर सञ्चालन गर्न आफुहरुले विशेष पहल गर्ने दाहालको भनाई छ ।
हाल अस्पतालमा अमेरीकन डक्टर बार्ली र माइकलको विशेष सेवा बाहेक दुई जना डक्टर नर्स लगायत २० जना चिकित्सकको टोलीले अस्पतालमा सेवा दिने आत्मीय संस्थाका अध्यक्ष नरबहादुर लामाले बताए । 
नाफा मुलक भन्दा पनि सेवा मुलक कामका लागि आफुहरुले सिन्धुलीमा आएर अस्पताल सञ्चालन गरेको लामाको भनाई छ । ‘हामी मुनाफाका लागि यहाँ आएका छैनौं । दुर्गमका नागरीकले पनि घरमै बसेर उपचार गराउने अवसर पाउन भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका हौं । यो अस्पताल तपाईहरुकै हो । यसलाई कसरी राम्रो बनाएर सञ्चालन गर्नु पर्ने हो यस विषमा तपाई हामी सबै सक्रिय भएर लागौं,’ लामाले भने । 
यसैविच वीपी राजमार्गको सिन्धुली खण्ड अन्तरगत मध्ये भागमा उक्त अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सामान्य उपचारका लागि पनि हजारौं रुपैयाँ खर्च गरेर धुलीखेल, काठमाण्डौं वा जनकपुर जान पर्ने बाध्यताको अन्त्य भएको शुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्वसिं मोक्तानले जनाए । ‘सामान्य ज्वोरोको उपचार गर्न एम्बुलेन्स रिजर्भ गरेर काठमाण्डौं जानपरे ९ हजार रुपैयाँ भाडामात्र तिर्नु पर्ने बाध्यता थियो । अव गाउँमै सुविधासम्पन्न अस्पताल सञ्चालनामा आएपछि स्थानीयको समय र खर्चको बचत हुनका साथै गाउँमै उपचार हुने भएको छ,’ उनले भने ।
यस अघि वीपी राजमार्गमा हुने सडक दुर्घट्नाका घाइतेको उपचारका लागि स्थानीय स्तरमा एउटा पनि अस्पताल नहुँदा ५ घण्टाबढी समय लगाएर काठमाण्डौं लैजान पर्ने हुदा कतिपयको समयमा उपचार नभइ बाटोमै मृत्यु हुने गरेको थियो । 
गाउँका महिलाहरु स्थानीय स्तरमा बर्थीङ्ग सेन्टर नहुँदा घरमै सुत्केरी हुन बाध्य हुँदा अकालमै ज्यान गुमाउन बाध्य थिए । अव बर्थीङ्ग सेन्टर सहितको अस्पताल गाउँमै खुलेपछि महिलाहरुलाई पनि थप सुविधा पुगेको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताए । अस्पतालबाट स्थानीयलाई उपचारमा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिनका साथै गरिव र विपन्न वर्गको निशुल्क उपचार गर्ने निर्णय भएको कार्यकारी निर्देशक केसीले बताए । उनले भने, ‘अस्पतालमा प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउँन स्पेनका तिन वटा विश्वविद्यालयसंग सम्झौता भएको र त्यहाँका डक्टरहरुलाई बोलाई यस अस्पतालमा वेलाबेलामा उपचार सेवा प्रदान गरीने छ ।’ 


, ,

0 comments

Write Down Your Responses