Powered by Blogger.
अन्तरक्रिया कार्यक्रम सम्पनन्


संगिता डिम्दोङ
सिन्धुली, ५ चैत्र । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको संयोजनमा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका बर्गिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षता तथा जिल्ला समन्य समिति सिन्धुलीका प्रमुख संकरराज बर्माको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा प्रेस काउन्सीलका सदस्य इश्वरी ओझा, गोबिन्द चौलागाई, सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ, उद्योग वाणिज्य संघ सिन्धुलीका महासचिब अर्जुन श्रेष्ठ, गैर सरकारी संस्था महासंघका अध्यक्ष बेदराज दाहाल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । 
पत्रकार आंचारसहिता २०७३ को पालना गर्न गराउन सहयोग पु¥याउने उदेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थीत विभिन्न् मिडियाका पत्रकारहरुको उपस्थिती रहेको थियो । 
पछिल्लो समय पत्रकारहरु आचारसंहिता विपरित काम गदैँ आएकाले पत्रकारहरुलाई आचारसंहिता भित्रै रहेर काम गर्नको निम्ति देशभर अन्र्तक्रिया कार्यक्रम सन्चालन भइरहेको पे्रस काउन्सिलका कार्यकारी प्रमुख झविन्द्र भुसालले बताए । 
सिन्धुलीमा पछिल्लो समय मिडियाको तथा पत्रकारहरुको बिकासले फड्को मारेको भएपनि आचारसंहिता उल्लघनका उजुरीहरु भने अहिलेसम्म नपरेको समेत भुसालले बताए । 
पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार र सञ्चारमाध्यमको १५ वटा कर्तव्य १५ वटा गर्न नहुने कार्यहरु उल्लेख गरिएको छ । 


,

0 comments

Write Down Your Responses