Powered by Blogger.
अग्नी पिडितलाई युवा ब्यवसायीहरुको सहयोग


संगीता डिम्दोङ्ग
सिन्धुली, ७ चैत्र । सुनकोशी गाउँपालिका–६ की आगलागी पिडित एकल महिला गोमा श्रेष्ठलाई सिन्धुली युवा ब्यवसायी क्लबले राहत उपलब्ध गराएको छ । गत सोमबार बिधुत सट भई आगलागी हुँदा श्रेष्ठको १२ लाख मुल्य बराबरको सम्पति क्षति भएको थियो । 
कल्बले बुधबार सिन्धुलीमाढीमा एक औपचारीक कार्यक्रम गरी उनलाई ४५ हजार मुल्य बराबरको खाद्ययान, लक्ताकपडा, भाडाकुडा र जस्तापाहरु उपलब्ध गराएको हो । 
संस्थाका अध्यक्ष संजीब सुन्दासले राहत सामाग्री हस्तान्तरण गर्दै युवा व्यवसायीहरु सामाजिक कार्यमा पनि क्रियाशिल हुन आवश्यक रहेकाले हरेक विपदमा समुदायसँगै रहने प्रतिबद्धता ब्यक्त गरे । 
राहत रकम बुझ्दै अग्नी पिडित गोमा श्रेष्ठले खुसी व्यक्त गरीन । उनले कल्बले दिएको राहतले आफुलाई ठुलो सहयोग पुगेको बताईन ।
युवा व्यवसायीहरुको हकहित, सुरक्षा र सामाजिक कार्यका लागी संगठित हुनका लागी केहि साता अघि मात्र सिन्धुलीमाढीमा सुन्दासको अध्यक्षतामा सिन्धुली युवा व्यवसायी कल्बको गठन गरिएको र युवा व्यवसायीहरुलाई कल्बमा आवद्ध गर्दै लगीने सचिब संजीत कार्कीले बताए । 


0 comments

Write Down Your Responses