Powered by Blogger.
शिक्षक सहिद खड्ग देबकाेटा स्मृति दिवस मनाईयाे


सिन्धुली, ८ चैत्र । नेकपा(माओवादी) केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीले बिहिबार एक समारोह वीच सिन्धुलीमाढीमा शिक्षक बलिदान दिवस मनाएको छ । सिन्धुलीका शिक्षक शहीद खड्ग बहादुर देवकोटाको बलिदान भएको दिनलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षक बलिदान दिवसको रुपमा मनाउन सुरु  गरेको हो । 
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेकपा(माओवादी)केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश सांसद बुद्धिमान माझीले शहीदहरुको सपना साकार पार्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । देश समाजवादी दिशातर्फ अगाडि बढेकाले पुँजीवादी बिकृतिका बिरुद्ध लड्न जरुरी रहेको माझीले बताए । शहीदहरुको सपना पुरा गर्न आफुहरु सधै प्रतिबद्ध रहेको समेत उनले बताए । 
त्यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सांसद राजन दाहालले शहीदहरुको बलिदान क्रान्तिको उर्जा भएको बताउँदै बलिदानकै कारण आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपाति समावेशी सिद्धान्त स्थापित भएको बताए । शहीदहरुको सपना पुरा गर्न अझ बढी समाजवादी बिचारहरुलाई व्यस्थित गर्न आवश्यक रहेकोमा समेत दाहालले जोड दिए । 
कार्यक्रममा शहीद खड्ग देवकोटाको पत्नी मनोप्रभा देवकोटा र वेपक्ता शिक्षक चित्रनारायण श्रेष्ठको जीवनसंगीनी साबीत्री श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
एकीकृत अखिल नेपाल शिक्षक सगठनका बरिष्ठ उपाध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संगठनका केन्द्रिय सदस्य नबराज थिङ्ग, सबिता कोइराला, खड्ग देवकोटाका छोरा तथा माओवादी केन्द्रका नेता धुव्र देवकोटा, शिक्षक नेता मोहन प्रसाद गौतम लगायतले खड्ग देवकोटाको जीवनको चर्चा गरेका थिए । 
२००३ चैत्र २ गते जन्मनु भएका खड्ग बहादुर देवकोटा २०३६ सालदेखी नै शैक्षिक आन्दोलनमा सहभागी हुँदै २०४८ सालको स्थानीय चुनाब बहिस्कार र अमलेको पेस्तोल काण्डको नेतृत्व समेत गर्नुभएको थियो । लामो समय जेल जिवन बिताउनुभएका देवकोटा २०६१ सालमा तत्कालिन अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । माओवादी जनयुद्धमा पूर्णकालिन बनेर लाग्नु भएका देवकोटालाई तत्कालिन सरकारले २०६१ चैत्र ८ गते सिन्धुलीको महादेवडाडाँमा सेल्टर बसीरहेको अवस्थामा अमानवीय तवरले हत्या गरेको थियो । 
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिले उहाँलाई हत्या गरेको दिनलाई शिक्षक बलिदान दिवसको रुपमा मनाउने निर्णय गरेसँगै आज देशै भरि विविध कार्यक्रमहरु भइरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिब कबिन्द्र गौतमले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses