Powered by Blogger.
नगरपालिका क्षेत्रमा जग्गा बिवाद बढ्दै


संगीता डिम्दोङ्ग
सिन्धुली, २२ चैत्र । कमलामाई नगरपालिका क्षेत्रमा जग्गा सम्बन्धी बिवाद पछिल्लो समय बढ्दै गएको देखिएको छ । भुकम्प पिडितहरुले धमाधम घर निर्माण कार्य सुरु गरेपछि जग्गा सम्बन्धी बिवादहरु बढ्न थालेको हो । 
नापी नक्सा अनुसार आफ्नो जग्गा नभएको गुनासो गर्दै छिमेकीहरुले जग्गा मिचेको आरोपमा नगरपालिका कार्यालयमा पछिल्लो समय उजुरी दर्ता गर्नेहरुको संख्यामा बृद्धि भएको कमलामाई नगरपालिका कार्यालयले जनाएको छ । 
स्थानीय सरकारको रुपमा रहेको कमलामाई नगरपालिका कार्यालयमा उपमेयरको संयोजकत्वमा रहेको न्यायीक समितिले त्यस्ता उजुरीहरुलाई मिलापत्र गर्न पाउने अधिकार रहेको र हाल सम्म १५ वटा जग्गा सम्बन्धी मुद्धा मिलापत्र गरिएको उपमेयर मन्जु देवकोटाले बताईन । 
ऐनले नगरपालिकामा रहेको न्यायीक समितिलाई जग्गा विवाद, घरायसी विबाद, अंगभंग बाहेकको १ बर्ष सम्म कैद हुने कुटपिट, गाली बेइजति, लुटपीट लगायतका मुद्धाहरु मिलापत्र गराउन सक्ने अधिकार प्रदान गरेको छ भने अन्य मुद्धाहरुको हकमा जिल्ला अदालतमा पठाउन सिफारिस गर्न पाउने अधिकार दिएको छ । 
सामान्य बिवादहरु पनि अदालतमा जाने  र खर्चिलो हुने समस्याबाट नगरबासीहरु पछिल्लो समय मुक्त भएको र दुवै पक्ष बीचको छलफलमा सहज ढंगले मिलापत्रको अवस्था सिर्जना गर्ने गरिएको न्यायीक समितिका आमन्त्रीत सदस्य अधिवक्ता टंकध्वज थापाले बताए । 
अब्यवस्थित तरिकाले गरिएको प्लटीङ्ग र डिजिटल नक्साको अभावका कारण नक्सा अनुसार जग्गा नहुने र सधियारीले मिचेको भन्दै समस्या लिएर नगरपालिका, अदालत पुग्ने स्थानीयहरुको संख्या पछिल्लो समय बृद्धि भएको हो । 





,

0 comments

Write Down Your Responses