छोरीहरु बने आमाबावुको बुढेशकालको सहारा

संगिता डिम्दोङ
सिन्धुली,२२ चैत्र । बुढेसकाल को साहारा छोरालाई नै मान्ने हाम्रो नेपाली समाजमा छोरा नपाएको भनेर धेरै महिलाहरु आफ्नै परिवारमा अपमानित र अपहेलित हुनु परेको अवस्था अझ पनि कायम नै छ ।
अझ छोरा नपाएको भन्दै श्रीमानले अर्को विवाह समेत गर्ने गरेको घटनाहरु पनि समाजमा प्रसस्त पाइन्छ ।
तर पछिल्लो समयमा छोराहरु भन्दा छोरीहरु नै आमाबावुको बुढेशकाल को साहारा बन्दै गएका छन् ।
कमलामाई नगरपालिका—४ का ७४ बर्षीय कालिदास बयलकोटी र उनको श्रीमति ७० बर्षीया मसिना बयलकोटीका छोरीहरु नै अहिले उनको बुढेशकालका साहारा भएका छन् । गोलन्जोर गाउँपालिका—५ रतनचुुराबाट ४१ सालमा बसाईसरि आएका उनीहरु नगरपालिका क्षेत्रमा सुकुम्बासीको रुपमा बस्दै आएका छन ।
बुढेसकालले छोइसकेकी मसिना भन्छिन् ”श्रीमान पनि अपाङ्ग हुनुहुन्छ दुई भाई छोरा र दुईबहिनि छोरी थिए सबैको विवाह भइसक्यो सबै सहरतिरै बस्छन् । छोराले त फर्केर हेरेनन् अहिलेसम्म छोरिहरुले नै सबै खर्च गरिरहेका छन् ।“
उनका श्रीमान कालिदास बाहिर हिँडडुल गर्न सक्दैनन् उनको दाईने गोडामा समस्या छ । १५ बर्ष देखी उनको उपचार छोरीहरुले नै गरिरहेका छन ।
श्रीमान बिरामी नहँुदा मेलापात गरेर जसोतसो कमाउथे तर जब श्रीमान ओछ्यानमा परे तब ग्वाङखोलामा गिटि कुट्न बाध्यता आइपरो मसीनालाई ।
वृद्धा अबस्थाले छोएर चाउरिएका ती गाला अनि अनुहार हसिलो बनाउँदै मसीनी भन्छिन्”खान नपाई भोकभोकै मरिन्छ भन्ने लागेको थियो तर छोरीहरुले उपचार खर्च,घर खर्च टारिदिन थाले । गिट्टी कुटेर सामान्य पैसा कमाउछिन उनी तर त्यतिले मात्र घरखर्च अनि श्रीमानको उपचार खर्च धान्न सक्ने अवस्था उनको छैन ।
आमाबावुलाई दुख पर्दा समेत नहेर्ने छोराहरुले मर्दा दागबत्ति दिन पनि नआउन भन्ने लाग्छ मसीनीलाई । छोरीहरु अर्काको घरमा जाने हुन भनेर हेला गर्नु नहुने उनको बुझाई छ । उनी भन्छिन, ”छोरीहरुले पनि बावुआमालाई हेर्न सक्छन, छोराहरु निश्ठुरी हुन्छन, छोरीहरु दयालु र मायाँलु हुन्छन ।“
0 comments
Write Down Your Responses