Powered by Blogger.
सिन्धुली अस्पतालमा पहिलो पटक आइसियु सेवा सञ्चालनमा


राजन गाउँले
सिन्धुली २७, बैशाख । सिन्धुली अस्पतालमा पहिलो पटक सघन शिशु उपचार कक्ष (एसएनसियु) र सामाजिक सेवा इकाई (एसएसयु) सेवा सञ्चालनमा आएको छ । 
नवजात शिशुहरुलाई लक्षित गर्दै अस्पतालमा जडान गरीएका आइसियुहरु स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले बिहिबार उदघाटन गरेपछि सञ्चालनमा आएको हो ।
स्त्रीरोग विशेषज्ञबाट सुरक्षित सुत्केरी सेवा सञ्चालन गरिदै आएको अस्पतालमा आइसियु नहुँदा नवजात शिशुहरुको उपचार हुन सकेको थिएन् । 
तर, बिहिबारबाट जिल्लामै नवजात शिशुहरुलाई एसएनसियु र एसएसयुमा राखेर उपचार गर्न सकिने स्त्रीरोग विशेषज्ञ तथा निमिक्त मेडीकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बताइन् ।
सिन्धुली अस्पताल १ सय बेड सञ्चालनमा आएको भएपनि विशेषज्ञ डाक्टर र प्रविधिको अभावमा सुत्केरी महिला तथा नवजात शिशुहरुको उपचारमा समस्या भइरहेको थियो । 
‘विभिन्न निकायको सहयोगमा जिल्लामै पहिलो पटक यस्तो सेवा सञ्चालनमा ल्याइएपछि सिन्धुली लगायत रामेछाप, दोलखा, उदयपुर जिल्लाबाट उपचार गराउँन आउने सुत्केरी आमा र नवजात शिशुका लागि सझिलो हुनेछ,’ डाक्टर गौतमले भनिन् ।

अस्पतालमा पहिलो चरणमा चारवट यस्ता सेवा दिइने छ । उता जटील सल्यकृया गराएर पनि सुरक्षित सुत्केरी सेवा दिँदै आउनु भएकी डाक्टर गौतमले सल्यकृया गराउँदा विहोस गराउँने विशेषज्ञको अस्पतालमा दरवन्धी भएपनि वर्षौदेखी नआउँदा थप समस्या भएको बताइन् । 
अस्पतालमा विभिन्न किसिमका प्रविधिहरु सुचारु हुँदै गएपनि विशेषज्ञहरु भने दरवन्दी भएपनि नआउने गरेको गुनासो राखिन् । 
यस बोहक अस्पतालमा हाडजोर्नी, दन्त सेवा विशेषज्ञहरुबाट प्रदान गरिँदै आएको छ । अस्पतालमा बालरोग विशेषज्ञको दरबन्धी भएपनि हालसम्म खालीनै भएकाले यस तर्फ ध्यान दिई सबै विशेषज्ञहरुलाई दरबन्दी अनुसार काम गर्न खटाई दिन डाक्टर गौतमले मन्त्री अर्यालसमक्ष आग्रह गरिन् । 
आइसियुको उदघाटन गर्दै स्वास्थ्य राज्य मन्त्रि अर्यालले सरकारले तोकेको स्थानमा नगरी सुविधा युक्त क्षेत्रमा बसी अटेर गर्ने कर्मचारीलाई कारबाही गरिने बताइन् । 


, ,

0 comments

Write Down Your Responses