Powered by Blogger.
शौचालय नै नबनाई खुल्ला दिशमुक्त जिल्ला घोषणा

राजन गाउँले
सिन्धुली १६, बैशाख । सिन्धुली जिल्लालाई शौचालयनै नबनाई खुल्ला दिशा मुक्ता जिल्ला घोषणा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । 
दतृ निकायलाई रिजाउनकै लागी मात्र जिल्लालाई ४९ औं खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेको गुनासो आएको हो । 
गत विहिबारमात्र जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा एक भव्य समारोहका विच सिन्धुली जिल्ला नेपालको ४९ औं खुल्ला दिसा मुक्त जिल्ला भएको घोषणा गरिएको थियो । 
तर, सरोकारवालाहरुले २०७२ सालको विनासकारी भुकम्पले क्षेतविछेद वनाएको घर र शौचालयको पुनर्निर्माणनै नगरी हचुवाको भरमा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको आरोप लगाएका हुन् । 
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको सिन्धुली जिल्लामा ६९ वटै वडामा कुल ५८ हजार ७ सय ९६ घर धुरी रहेका छन् । ति मध्ये ३४ हजार ९ सय घर भुकम्पले पूर्णरुपमा ध्वस्त भएका थिए । ति घरहरु भुकम्पका कारण ध्वस्त भएसंगै घरसंगै बनेका र घर बाहिर बनेका कच्चि सौचालयहरु पनि पूर्ण रुपमा ध्वस्त भएका थिए । 
भुकम्पका कारण ध्वसत भएका अधिकांस सौचालयहरु निर्माण गरिएको छैन् । अस्थायी टहरा र त्रिपाल मुनी बस्दै आएका हजारौं भुकम्प पिडितहरु अझैपनि खुल्ला स्थानमा शौचालय बसी रहेका छन् । तर, सरकारी निकायले भने हचुवाका भरमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु लज्जाको विषय भएको भन्दै भुकम्प पिडितहरुले विरोध गरेका छन् । 
सन् २०१२ बाट जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न अभियान थालिएको भएपनि २०१५ सम्म निर्माण गरिएका शौचालयहरु भुकम्पले क्षेती पु¥याएपछि पुनर्निर्माण हुनै नसकेको कपीलाकोटका भुकम्प पिडित तथा शिक्षक अमृत घिसिङले गुनासो गरे । 
‘गाउँमा १ हजार बढी घरसंगै शौचालयमा समेत भुकम्पले क्षेती पु¥याएको भएपनि ति घरहरु पुनर्निर्माण हुन नसक्दा शौचालयहरु पनि निर्माण भएका छैनन् । तर, विहिबार जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सिन्धुलीले भव्य समारोहनै गरेर जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको छ,’ उनले भने ।
घिसिङका अनुसार कपिलाकोट जस्तै जिल्लाका कमलामाई नगरपालिका, भित्रका १४ वडा, तिनपाटन, गोलनजोर, फिक्कल, हरिहरिपुरगढी, सुनकोसी, घ्याङलेख गाउँपालिका लगायतका बस्तिहरुमा भुकम्पले क्षेती पु¥याएका शौचालयहरुको पुनर्निर्माणनै नगरी हचुवाका भरमा जिल्लामा ९७ प्रतिशत बढी घरमा शौचालय निर्माण भएको गलत तथ्याङ्क देखाएर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको आरोप छ । 
उता कमलामाई नगरपालिका ३ जलकन्यामा पनि भुकम्ले ४ सय ४५ घरधुरीमध्ये ३ सय ८१ घरमा क्षेती पु¥याउँदा सोहीको संख्यामा शौचालयमा समेत क्षेती पुगेको स्थानीय रमेश देवकोटाको भनाई छ । 
स्थानीय शिक्षक समेत रहेका देवकोटाले अन्नपूर्णसंग गुनासो गर्दै भने, ‘२०७२ सालको भुकम्प जानु अघि गाउँमा ४० प्रतिसतमात्र शौचालय भएको तथ्याङ्क सार्वजनीक गरीएको थियो । तर, भुकम्पको केही दिनमै गाउँलाई खुल्ला दिशामुक्त गाउँ घोषणा गरिएको थियो । गाउँका अधिकांस त्रिपालमा बसेका बेला शौचालय भने पुरै निर्माण सम्पन्न भयो भनेर घोषणा गरिए जस्तै जिल्लालाई पनि घोषणा गर्नु हतार भएको प्रस्ट हुन्छ ।’
भुकम्प लगतै गरिएको एक तथ्याङ्कमा पनि जिल्लामा ३४ हजार ९ सय घरहरु पूर्णरुपमा ध्वस्त भएको र ती घरहरुमा बनेका मध्ये ६० प्रतिसत शौचालयहरुमा समेत क्षेती पुगेको बताइएको थियो । भुकम्प गएको ३ वर्ष पुरा हुँदा सम्म ३४ हजार ९ सय मध्ये बल्ल तिन हजारवटा मात्र घरहरु पुनर्निर्माण भएका छन् । यहि तथ्याङ्कलाई आधार मान्ने हो भने पनि जिल्लामा अझै ३० हजार घरहरु पुनर्निर्माण हुन बाँकी छन् । यस्ता घरहरु साविक भन्दा केही आसपासमा पुनर्निर्माण हुँने चरणमा भएकाले त्यस्ता घरहरुमा शौचालय बन्दै नबेको धेरै प्रमाणहरु जुटाउन सकिने देवकोटाको दावी छ । 
तर, सरकारी निकायले भने  ५८ हजार ७ सय ९६ घर धुरीमध्ये ५८ हजार २ सय १० वटा घरमा सौचालय बनेको भन्दै जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको दावी गरेको थियो । 
उता भुकम्पका कारण जिल्लाका ४ सयबढी सरकारी, सामुदायिक विद्यालय, गुम्बा, लगायतका संघ संस्थाका भवनहरुमा क्षेती पुगेको थियो । ति भवनहरु भित्र भएका शौचालयहरु समेत असुरक्षित छन् । तर, तिनै भवनमा भएका शौचालयहरुलाई समेत तथ्याङ्मा राखेर जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नु गलत भएको चौतर्फी गुनासो आएको छ । 
गाउँ तथा वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न जाने जिल्लाका सरकारी र राजनीतिक दलका टोलीलाई लाखौं रुपैयाँ खर्च गरेर खसी काटेर भोज लगाउँने परिपाटी जिल्लामा भएकै आधारमा खुल्ला दिशामुक्त जिल्ला घोषणा समाभामा पनि लाखौं रुपैयाँ खर्च गरिएको छ । निर्माणनै नगरी खुल्ला क्षेत्रमा शौच गर्ने गरेको सत्यलाई जिल्लामा विर्सीएर खुल्ला दिशामुक्त घोषणा गरिएको नेपाली कांग्रेस सिन्धुलीका नेता दिपक मिश्रले आरोप लगाए । 
जिल्लामा भुकम्पले क्षेती पु¥याएका आवसहरु पुनर्निर्माण सम्पन्न भएपछि मात्रै शौचालय निर्माण हुने सबैले प्रस्ट देखेका छन् । बस्ने बास नभएकाहरुले ३० सौं हजार ऋण गरेर शौचालय निर्माण गर्ने अवस्था नै छैन् । लाखौं रुपैयाँ खर्चेर घोषणा सभा गर्नु भन्दा त्यो पैसा विपन्न वर्गलाई सहयोग गरेको भए दुरदराजका सर्वसारधणलाई शौचालय नर्माण सहयोग पुग्थ्यो,’ उनले भने । 


,

0 comments

Write Down Your Responses