Powered by Blogger.
सडक दुर्घटनामा १ को मृत्यू १ गम्भीर घाईते

संगीता डिम्दोङ
सिन्धुली, २९ वैशाख । बीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा भएको सडक दुर्घटनामा १ को घटनास्थलमै मृत्यू र १ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका–६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यू भएको र मोटरसाईकल पछाडि सवार सोहि स्थानका गणेश फनेत गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रहरी प्रमुख बिनोद शर्माले जानकारी दिए ।
घाईतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको र ठक्कर दिने हायस प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयले जनाएको छ ।


0 comments

Write Down Your Responses