Powered by Blogger.
बन्धक बनाई बालिकामाथी सामुहिक बलत्कार

सिन्धुली २९, बैशाख । सिन्धुलीकी एक सुस्त मनस्थिती भएकी बालिकामाथी बन्धक बनाई सामुहीक बलत्कार भएको पिडितका आफन्तले आरोप लगाएका छन् । 
जिल्लाको हरिहरपुरगढी गाउँपालिका ८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथी हरिऔन नगरपालिका १० नयाँरोड स्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामुहिक बलत्कार भएको आरोप पिडितका बुबा थिरबहादुर थिङले बताए । 
‘हरिऔन नगरपालिका १० धरहरा घरभई सिन्धुलीको क्यानेश्वरको जमुने माइतीघर बस्दै आएकी मायाँ लोप्चनले ति बालिकालाई भारतमा लगी राम्रो जागीर लगाई दिने लोभमा फकाई बैशाख १७ गते सर्लाही पु¥याएपछि बालीकालाई ८ दिनसम्म होटलमा बन्धक बनाइ सामुहिक बलत्कार गरेको छोरीले बताएकी छिन्,’ थिङले भने ।
मायाँ लोप्चनका श्रीमान कुमार मोक्तानले हरिऔनमा पु¥याइएकी बालिकालाई सोही ठाउँका ५० वर्षीय ज्ञानबहादुर थिङको साथमा भारत लैजान भनेपछि ज्ञानबहादुरले नजीकैको शिद्धबाबा होटलमा राखी ७ दिनसम्म आफु र अन्य युवाहरुले दैनिक सामुहिक बलत्कार गर्ने गरेको पिडितको भनाई उदृध गर्दै बुबा थिङले जनाए । 
नेपाली भाषा समेत बोल्न नजान्ने बालीका सुस्त मनस्थिती भएको र आफ्नो घर ठेगानासमेत बताउन नसक्ने पिडितकी आमा पन्चमायाँ थिङले गुनासो गरीन् । 
छोरी बलात्कृत भएपछि न्यायखोज्दै बलात्कृत छोरी लिएर जिल्ला सदरमुकाम सिन्धुलीमाढी आइपुगेकी पिडितकी आमा पन्चमायाँले रुदै भनिन्, ‘अबोध छोरीमाथी अन्याय भयो । सर्लाहीको हरिवन स्थित इलाका प्हरी कार्यालयमा उजुरी गर्न जाँदा त्यहाँका प्रहरी अधिकृतबाट समेत उल्टै छोरीका बा (पन्चमायाँकी श्रीमान्) लाई थुनेर आफ्नी छोरी लिएर घर जान दवाव दिए । अव हामी न्यायका लागि कहाँ जाने के गर्ने ?’
बालिकालाई भारतमा बेच्न लान लागीएको भएपनि बलत्कारपछि बेहोस भएपछि सडक फ्याकिएको अवस्थामा चिनजानकाले भेटाएर उद्धार गरिदिएको पिडित परिवारको भनाई छ ।
बलात्कारपछि बेहोस भएकी बालिकालाई ज्ञानबहादुर थिङलेनै हरिवनको धरहरा नजीकै राती करिव ८ बजे अलपत्र अवस्थामा सडकमा छाडेर भागेका थिए । उक्त स्थानमा सडकमा घोप्टो परेर बसेकी बालिका स्थानीय अर्थमान वाइवाले भेटेपछि इलाका प्हरी कार्यालयको जिम्मा लगाएका थिए । 
त्यसको भोलीपल्ट बालिकालाई बन्धक बनाउँन सहयोग गर्ने कुमार मोक्तानले इलाका प्रहरी कार्यालयमा गई मेरी भान्जी भन्दै जिम्मा लिएर ट्याक्टर चढाएर क्यानेश्वर पठाएपछि बल्ल छोरीलाई बन्धक बनाएर बलत्कार गरेको थाहा भएको आमा पन्चमायाँले गुनासो गरीन् । 
पन्चमायाँका अनुसार छोरीको अवस्थाबारे बुझ्न र प्रहरीलाई उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिवन पुगेका पिडितका बुबा थिरबहादुरलाई त्यहाँका प्रहरी अधिकृत  रामकाजी थापाले उल्टै हिरासतमा थुनेर छोरीका बारेमा कुनै उजुरी नगर्न र मायाँ लोप्चनलाई तत्काल प्रहरी नियन्त्रणबाट छोड्न दवाव दिएका थिए । 
मायाँ लोप्चनले फकाई लगेको छोरीले बताएपछि प्रहरी चौकी क्यानेश्वरले २६ गते मायाँलाई पक्राउ गरी अनुसन्धानमा राखेको थियो । छोरीको भनाई अनुसार उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिऔन पुगेका हरिहरपुरगढी गाउँपालिका ८ का वडाध्यक्ष सार्कीमान बम्जन, पिडितका बुुबा थिरबहादुर र अन्य छिमेकी क्यानेश्वर प्रहरी चौकीका असइ र हवल्दार सहित पुग्दा हरिऔनका प्रहरी अधिकृत थापाले बालीकाका बाबुलाई उल्टै नियन्त्रणमा लिएर मायाँलाई नछाडेसम्म थुनेर राख्ने भन्दै नियन्त्रणमा लिएको आरोप छ ।
 इनक्सपेक्टर थापाले असइको समेत जागीर खाइदिने धम्की दिएपछि असईले तत्काल प्रहरी चौकीमा राखिएकी मायाँलाई छाड्न निर्देशन दिएपछि थिरबहादुरलाई अव आइन्दा कसैलाई पनि छोरीको विषयमा लिएर उजुरी नगर्ने सर्तमा कागजमा सहित गराई छाडेको थियो । 
यस विषयमा इलाका प्रहरी कार्यालयका इनिक्सपेक्टर थापाले भने आफुसंग कुनै उजुरी नगरेको तर, आफ्नो इलाकामा मान्छे समाउन आएको भनेपछि गालीगरेर पठाइदिएको बताए । 
उता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसएसपी मसाउद आलमखानले घटनाबारेमा कुनै जानकारी नभएको बताए । उनले भने, ‘यस विषयमा मलाई जानकारी थिएन् । बल्ल थाहा भयो, यस विषयमा आजैबाट म अनुसन्धान थाल्छु । घट्नाबारेमा उजुरी गर्न पिडित पक्ष मेरो कार्यालयमा आए अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने छु ।’
उता पिडित पक्षले भने सामुहिक बलत्कारपछि सुस्त बालिकाको स्वास्थ्यमा थप गम्भीर असर परेको र उनको स्वास्थ्योपचार र किटानी जाहेरीका लागि सिन्धुली आइपुगेको बताएका छन् । उनिहरुले शनिवारनै बालिकाको स्वास्थ्य परिक्षण र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिने जनाएका छन् । 
घटनामा संलग्न मायाँ, कुमार र ज्ञान बहादुरलाई प्रहरी चौकी क्यानेश्वरले खोजि कार्य जारी राखेको भएपनि तिनै जना फरार भइसकेको जानकारीमा आएको जनाएको छ । 
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख विनोद शर्माले पिडित पक्षले उजुरी गरेको र अभियुक्तमाथी शरिर बन्धक बनाई जवरजस्ती सामुहिक बलत्कार सम्बन्धी अपराध गरेको ऐन अनुसार कारबाही गरिने बताए ।  ‘ठुलो अपराधिक घटना हो । अपराधिहरुलाई तत्काल नियन्त्रणमा लिइ कारबाही गरिने छ । पिडितको मेडिकल रिपोर्टका लागि पठाएका छौं । आजैबाट घटनाबारे अनुसन्धान थाल्ने छौं,’ उनले भने ।


, ,

0 comments

Write Down Your Responses