Powered by Blogger.
बालिका माथि सामुहिक बलत्कार घटनाका अभियुक्त पक्राउ


सिन्धुली, ३१ वैशाख । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथी सर्लाही हरिऔन नगरपालिका १० नयाँरोड स्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरिएको घटनाका आरोपी मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आईतबार नियन्त्रणमा लिएको छ । 
पिडितका बावुले आईतबार दिएको जाहेरीको आधारमा आईतबार नै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाका आरोपी सर्लाही हरीऔंन नगरपालिका–१० का ज्ञान बहादुर थिङ र सोहि ठाउँका नारायणराज उप्रेतिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रहरी प्रमुख बिनोद शर्माले जानकारी दिए । 
पिडित बालिकाका बावु क्यानेश्वर ११(नाम परिवर्तन)ले दिएको जाहेरी दरखास्तको आधारमा उनीहरु माथि अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरिएको प्रहरी कार्यालयले जनाएको छ । 
सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पत्रकार सम्मेलन गरी अभियुक्त र घटना बिवरण सार्वजनिक गर्दै डिएसपी बिनोद शर्माले भने, “घटनाको गम्भीर अनुसन्धान भईरहेको छ, घटनामा संलग्न अन्य अभियुक्तहरुको पनि खोजि कार्य जारी छ । पिडितलाई न्याय दिने कुरा र दोषिलाई कानुन अनुसार कार्वाही गर्ने कुरामा कुनै कसर बाकी राखिने छैन ।”


,

0 comments

Write Down Your Responses