Powered by Blogger.
हेर्नुस, सिन्धुली उद्योग वाणिज्य संघ निर्वाचनमा बद्रिबहादुर कार्की नेतृत्वको प्यानलको घाेषणा पत्र

संस्थागत परिवर्तन, व्यवसायिक समृद्धी र दिगो विकासका लागि हाम्रो अभियान
पृष्ठमूमी
सिन्धुली उद्योग वाणिज्य संघमा आबद्ध हुनुभएका आदरणिय आजिवन सदस्य, साधारण सदस्य तथा बस्तुगत सदस्य ज्यू हरु एवं उद्योग वाणिज्य संघको सदस्यता दायरा भित्र आउन नसक्नु भएका जिल्लाका अन्य उद्यमी, व्यवसायी, राजनीतिक नेतृत्वहरु, बुद्धिजिवि, सञ्चारकर्मी लगायत आम जिल्ला वासि जनसमुदायहरु,  आगामी जेठ ४ गते हुने सिन्धुली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यस संस्थाको निवर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष म बद्रिबहादुर कार्कीले जिल्लाका योग्य, कर्मठ, सक्षम, आफ्नो व्यवसायीक क्षेत्रमा इमान्दारीता पूर्वक लागिपरेर सफलता हासिल गरेका विगतमा उद्योग वाणिज्य संघको विभिन्न तहमा बसेर काम गरिसकेका तथा आशा लाग्दा जोशिला नयाँ युवा व्यवसायिहरुलाई समेटेर विभिन्न पदहरुमा निर्वाचित गराउने उद्देश्यले विभिन्न तह र तप्काका व्यवसायि साथिहरुको संयुक्त प्यानल निर्माण गरि चुनावि मैदानमा उत्रिएका छौ । हाम्रो प्यानललाई अत्याधिक बहुमतले विजयी गराई दिनुहुन अनुरोध सहित सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रो प्यानलको   उमेदबारी किन भन्ने विषयमा यो घोषणा पत्र मार्फत स्पष्ट पार्न चाहन्छौ । 
उद्योग वणिज्य संघ सिन्धुली,  जिल्लाका एक हजार भन्दा बढि व्यवसायिहरुको साझा संस्था हो । जिल्लामा हुने बार्षिक अरर्बौको आर्थिक कारोवारको नेतृत्वदायि यो संस्थाको नेतृत्वले समग्र जिल्लाको आर्थिक गतिविधिमा प्रभाव पार्ने कुरा सबैलाई विधितै छ । यस संस्थामा आबद्ध भएका सदस्य व्यापारीहरुको हित, व्यवसायिक सुरक्षा गर्दै ढुक्कले व्यवसाय गर्न सक्ने बातावरण निर्माण गर्नु नै उद्योग वाणिज्य संघको मुख्य जिम्मेबारी हो । हाम्रा अग्रज नेतृत्वकर्ताहरुले त्यो जिम्मेबारी पूरा गर्दै आउनु भयो र अबका दिनमा आउने नेतृत्वको समेत मुख्य जिम्मेबारी त्यहि नै हो । बदलिदो राजनीतिक वातावरण, संघिय संरचना र देशको आर्थिक संरचना तथा        राज्यले लिने आर्थिक निति अनुरुप आफ्ना व्यपार व्यवसाय संञ्चालन गर्नु पर्दछ । त्यो विषयमा उद्योग वाणिज्य संघले आफ्ना व्यापारी सदस्यहरुलाई निरन्तर सहयोग र संरक्षणको निति लिनु पर्ने हुन्छ । विगतमा मैले उद्योग वाणिज्य संघ सिन्धुलीको बरिष्ठ उपाध्यक्षको हैसियतमा काम गर्दा पनि त्यहि जिम्मेबारी पूरा गरेको हुँ । म सधै सदस्य व्यापारीहरुकै वरिपरि रहने र व्यापारीहरुका गुनासा सुन्नेमै बढि केन्द्रीत भए र अबका दिनमा पनि मेरो नेतृत्वको सम्पूर्ण टिम नै त्यो जिम्मेबारीमा रहने छ । उद्योग वाणिज्य संघहरुको केन्द्रीय महासंघ र केहि जिल्ला संघहरुले संघका    बरिष्ठ उपाध्यक्षहरुलाई नै अध्यक्षको जिम्मेबारी दिने स्वचालित नेतृत्व चयन प्रणाली अबलम्बन गरिसकेको अवस्थामा सिन्धुली जिल्लामा त्यो प्रणाली लागु हुन सकेन र म बरिष्ठ उपाध्यक्षको जिम्मेबारी सम्हालि सकेको व्यक्ति अध्यक्षको मुख्य दावेदार भएकाले मेरो उमेदरबारी जायज र स्वभाविक छ भन्ने कुरा यहाँहरु माझ स्पष्ट पार्न चाहान्छु । सदस्य व्यापारीहरुले मेरो उमेदबारीलाई न्याय गर्नु हुनेछ भन्ने पूर्ण विश्वास पनि यहाँ राख्न चाहन्छु । साथै मेरो नेतृत्वमा बनेको टिममा     परेका आशा लाग्दा, भोलिका दिनमा उद्योग वाणिज्य संघलाई आधुनिक ढंगले अझ परिस्कृत र व्यवसायि मैत्री ढंगले संञ्चालन गर्न सक्ने शिक्षित, दक्ष तथा जोशिला युवाहरुमाथि पूर्ण विश्वास राखी उद्योग वाणिज्य संघ सिन्धुलीको भविष्यलाई समेत ख्याल गरि हाम्रो सम्पूर्ण प्यालनलाई अत्याधिक बहुमतले विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास सहित उद्योग वाणिज्य संघ सिन्धुलीको नेतृत्वमा पुगेर हामीले गर्ने, कामहरुको बारेमा यहाँ प्रष्ट पार्न चाहन्छौ ।   
१.  उद्योग वाणिज्य संघ उद्योगी व्यापारी सदस्यहरुको हक, हित सुरक्षा गर्ने तथा व्यवसायिक  सुरक्षण दिने संस्था हो । यो संस्थाले व्यवसायिको पक्षमा लगानी अनुकुल बातावरण निर्माण गर्ने, विकासका लागि दवाव सृजनागर्ने संस्था हो । त्यसैले हामी आगामी ३ वर्षमा सिन्धुली जिल्लालाई व्यावसायीक हिसाबले प्रमूख लगानी मैत्री जिल्लाको रुपमा विकास गर्न स्थानीय तह सँग समन्वय गरेर जिल्लामै औद्योगिक क्षेत्र स्थापन गर्न आवश्यक भूमिका र दवाव सृजना गर्ने छौं ।  
२. आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने भावना सहित विभिन्न स्वरोजगारमुलक व्यवसायमा लागेका यूवाहरुको आत्मसम्मान बृद्धि गर्न युवा व्यवसायि सम्मान कार्यक्रम, विषयगत दक्षताका लागि तालिम, गोष्ठिको व्यवस्था गर्नुका साथै बैदेशीक रोजगारीबाट फर्किएका यूवाहरुलाई स्वरोजगार मुलक व्यवसायमा लाग्न प्रोत्साहान गर्ने निति अबलम्बन गरिने छ ।
३. बाहिरी जिल्लाबाट विशेषत तराई मधेसबाट यस जिल्लामा व्यवसाय एवम् उद्योगमा लगानी गर्ने व्यवसायीहरुको पुँजीको सुरक्षा र अन्य सुरक्षामा स्थानीय तह र सरकारी निकाय सँग समन्वय गरी ढुक्कले व्यवसाय सञ्चालन गर्ने बातावरण मिलाईने छ । 
४. यूवा व्यवसायीहरुलाई मूल नेतृत्वमा स्थापित गर्न विद्यानमा भएको कमी कमजोरी लाई हटाई अगामी दिनमा युवा मैत्री नीति अवलम्बन गरिने छ ।
५. महिलाहरुले सञ्चालन गरेको व्यवसायहरुलाई प्रोत्साहान गर्न केन्द्रीय उद्योग वाणिज्य संघ मार्फत वीउ पूँजिको व्यवस्था गरिने छ ।  
६. कृष जन्य, बाँस जन्य एवम् घरेलु उद्योगवाट उत्पादित बस्तुहरुको विक्रि स्थल (कोसेली घर) सदरमुकाम र सबै स्थानीय तहको मूल बजारहरु दुधौली, डका, चकमके, खुर्कोट, कपिलाकोट, झारा लगायतका स्थानमा क्रमश स्थापना गर्दै जाने कार्यलाई प्राथमिकता दिइने छ । 
७. सिन्धुली माढिबजार, धुराबाजार, ढुङ्ग्रेबास र भीमान बजारमा रहेको अव्यवस्थतीत विद्युत टेलिफोन तथा अन्य तारहरुलाई स्थानीय सरकार सँग मिलेर व्यवस्थापन गरि बजारको शहरी सौन्दर्य कायम गर्ने विषयमा प्रस्ताव अगाडि बढाईने छ । बजारमा गुणस्तरीय विद्युत प्रवाहको ग्यारेन्टीका लागि उच्च क्षमताको ट्रान्सफर्मर जडान र विद्युत संरचनाको भरपर्दो मर्मत व्यवस्थापनको ग्यारेन्टी गर्न सरोकारवाला निकायलाई सधै दवाव सृजना गरिने छ । 
८. व्यवसायिहरुको गुनासो सुनावाई गर्न उद्योग वाणिज्य संघमा छुट्टै गुनासो सुनुवाई डेक्सको स्थापना गरिने छ । व्यवसायिका गुनासोहरुलाई संघको नियमित बैठकमा राखेर यथासक्य चाडो सम्बोधन गर्ने व्यवस्था मिलाईने छ । 
९. बजारका थप स्थानमा सिसि क्यामेराको व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ आफ्नै र विकासका साझेदार निकाय तथा नगरपालिका सँग आर्थिक स्रोतको व्यवस्थापन गरि माढिबजार, शिवनगर, धुराबजार र ढुङ्ग्रेवासमा समेत सिसि क्यामेराको सञ्जाल विस्तार र थप गरिने योजनालाई प्राथमिकता दिईने छ ।
१०. सिन्धुली जिल्लाको चिनारी जुनारलाई ‘जुनार कोसेली’ को रुपमा देशमै प्रख्यात ब्राण्डको रुपमा स्थापित गर्न जुनारको ब्राण्डीङ र उत्पादन स्थलमै कार्टुनमा प्याक गरेर सुक्षित ढुवानीका लागि जुनार सुपर जोन कार्यक्रममा प्रस्ताव लगि कार्य अगाडि बढाउन पहल गरिने छ ।
११.  नगरपालिकाको सरफाई अभियानमा हातेमालो गर्ने तथा  बातावरण मैत्री गतिविधिहरुलाई उच्च प्राथमिकता दिईने छ । वि.पि. राजमार्गको सौन्दर्य र सरसफाईमा उद्योग वाणिज्य संघले विशेष निगरानी र प्राथमिकता दिनेछ ।  
१२. प्रत्येक महिनाको अन्तिम मंगलबार हुने व्यवसायिक विश्रामका दिन प्रत्येक महिना एउटा एउटा बस्तुगत संघ संग सम्बन्धीत व्यवसायिहरुलाई लक्षित गरि व्यवसाय प्रर्बदन तथा व्यवसायिक उत्प्रेरणा तालिमको आयोजना गरिने छ । तालिमको व्यवस्था गर्न नसकिएको अवस्थामा व्यवसायिका समस्याका बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि व्यवसायिका गुनासाहरु व्यवसायि सँगै बसेर बुझन्े र सामाधान गर्न प्रयास गरिने छ । 
१३. स्थानीय उत्पादन, स्थानीय व्यापारी र यहीका कला तथा संस्कृतिलाई प्रमुख प्राथमिकता राखेर मेला महोत्सव गरी स्थानीय व्यापारीहरुको व्यापार प्रबर्दनमा विशेष जोड दिइने छ । मेला महोत्सवको आयोजना गर्दा संघका  व्यपारीहरुको      राय लिएर मात्र कार्य अगाडि बढाईने छ । 
१४. सिन्धुली जिल्ला पर्यटकीय हिसावले विकास भएपछि मात्र यहाँको व्यापार व्यवसाय प्रबर्दन हुन्छ त्यसैले जिल्लाको पर्यटकीय विकासका लागि उद्योग वाणिज्य संघ सिन्धुलीले निरन्तर प्रयास र दवाव सृजना गर्ने छ । 
सिन्धुली जिल्लाका प्रसिद्व धार्मिक स्थलहरु ः कमलामाई मन्दिर, कालिका मन्दिर, शिद्धबाबा मन्दिर, कुशेश्वर महादेब, हत्पते मधुगंगा मन्दीर, गुम्बा, चर्च तथा मस्जीतहरुको उचित व्यवस्थापन गरी धार्मिक पर्यटनको प्रवर्धनमा नेपाल    सरकार तथा नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा पर्यटकीय स्थलको रुपमा विकास गर्ने ठोस कदम चालिने छ ।
ऐतिहासिक महत्वको सिन्धुली गढीलाई देशव्यापी रुपमा पर्यटकीय महत्वको विशेष स्थानको रुपमा प्रचार प्रसार गर्न नगरपालिकासँ समन्वय गरी यस स्थानको संरक्षण तथा उचित व्यवस्थापनमा उद्योग वाणिज्य संघले विशेष भुमिका निर्वाह गरिने छ । 
सिन्धुली जिल्ला अवलोकनमा आउने पर्यटनहरुको मनोरन्जनका क्षेत्रहरु विस्तार गर्न सुनकोशी नदीको दुम्जा–झारा–खुर्कोट–ग्वालटार क्षेत्रमा ¥याफ्¥टीङको सम्भावनालाई अध्ययन गरी त्यसको उचित व्यवस्थापन तथा संचालनमा  पहल गरिने छ ।
जिल्लामा सम्भाबित ट्रेकीङ्ग तथा हाइकिङ्ग रुटको अध्ययन गरी स्थानीय सरकारहरुको समन्वयमा उचित व्यवस्थापन गरीने छ । 
१५. होटल व्यवसायलाई थप सुदृण र सेवामुखी बनाउन सहयोग गर्दै होटल व्यवसायीहरुको समेत सहभागितामा सिन्धुलीमा आउनुहुने पर्यटक तथा पाउनाहरुको उचित वसोवासको व्यवस्थापन गर्दै होटल व्यवसायी संघ सिन्धुलीको सहयोगमा यस जिल्लालाई आगन्तुकहरुको विशेष रोजाइको जिल्लाका रुपमा विकास गर्न ठोस कदम चालिने छ । 
१६. शनिबारे र बुधबारे हाटलाई थप व्यवस्थीत गर्दै कृषि, पशु तथा स्थानीय उत्पादन विक्रि वितरण केन्द्रको रुपमा विकासीत गर्दै जाने बातावरण निर्माण गरिने छ । 
१७. भिमान बजारको उचित विकास र व्यवसायीक प्रगतिका लागि यस ठाउँमा संचालन हुँदै आएको शुक्रवारे हाटबजारलाई थप स्टल निर्माण गरि सहज व्यपारको वातावरण सृजना गरीने । 
१८. भिमान बजारको व्यवसायीक प्रबर्दन गर्न साना तथा मझौला सवारी साधनले विश्राम लिन सक्ने पूर्वाधारको विकास गर्न आवश्यक पहल गरिने छ । 
१९ दुधौली नगरपालिकामा रहेका विभिन्न शाखाहरुलाई मिलाएर अधिकार सम्पन्न नगर उद्योग वाणिज्य संघ गठन गर्न विधानमा आवश्यक संसोधन गरिने छ । 
२०. व्यवसायीक क्षेत्रमा उद्यमी व्यवसायीहरुलाई  सुरक्षित व्यवसाय संचालनमा सहयोग पु¥याउने गरी जिल्ला प्रहरी कार्यलय तथा जिल्ला प्रसासन कार्यलयको समन्वयमा शान्ति सुरक्षाको प्रत्याभुती हुनेखालका कार्ययोजनाहरु अगाडी सार्न पहल गरिने छ । 
२१. जिल्लामा रहेका विशेष कृषि क्षेत्रहरु पहिचान गरी त्यहाँ उत्पादित कृषि उत्पादनहरुलाई उचित बजार व्यवस्थापन गरीने छ । 
दुधौली र चकमके जस्ता अत्याधिक अदुवा उत्पादन हुने क्षेत्रमा किसानहरुलाई खेतीप्रति प्रोत्साहन गर्दै यस क्षेत्रमा अदुवा प्रसोधन केन्द्र स्थापनामा सम्बन्धीत स्थानीय निकायसँग सहकार्य गरीने छ ।
मरीण गाउँपालिका अन्तर्गत पर्ने  कपिलाकोट र घ्याङलेख गाउँपालिकामा बेसार प्रसोधन केन्द्र स्थापन गर्न पहल गरिने छ । 
२२ . कमलामाई नगरपालिका वडा नं. १ देखि ९ सम्मको क्षेत्रमा भुईकटर उत्पादनको सम्भाव्यता रहेको हुदाँ सम्बन्धीत  वडा र वन उपभोक्ता समितिको समन्वयमा यस क्षेत्रमा व्यावसायीक भुईकटर खेती संचालन गर्न आवश्यक समन्वय गरिने छ । 
२३. ऐतिहासीक सिन्धुलीगढीको छिटो पुनर्निमाण गर्न दवाव सृजना गरिने     छ । यस क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै व्यवस्थीत पिकनीक स्थलहरु निर्माण गरी पाहुनाहरु आकर्षित गर्ने खालका प्याकेजका कार्यक्रमहरु अघि सरिने छ र उपयुक्त स्थानको खोजि गरेर सिन्धुलीगढी क्षेत्रमा रिसोर्ट र उच्च स्तरीय होटल स्थापना गर्न व्यवसायिहरुलाई आर्कषित गर्ने कार्यमा उद्योग वाणिज्य संघले पहल गर्ने छ ।
२४. ढुङ्ग्रेबासमा मिनि बसपार्कको स्थापना र वि.पि. राजमार्गको रात्रीकालिन गाडि रोकिने अन्तिम विन्दु ढुङ्ग्रेवास देखि चियावारी सम्मको क्षेत्रलाई कायम गर्न पहल गरिने छ । 
२५. जिल्लाका सबै क्षेत्रका मुख्य बजारहरु सदरमुकाम, दुधौली, डका, चकमके, खुर्कोट, कपिलाकोट, झारा लाई हरित बजारमा परिणत गर्न पहल गरिने छ । 
२६. गौमती (ग्वाङ) नदीको दुवै किनारमा ढुङ्ग्रेवास देखि कारागार सम्म     करिडोर निर्माण गर्न गुरुयोजना तयार गर्न दवाव सृजना गरिने छ । 
२७. बजारमा सुरक्षित बदशालाको निर्माण गर्ने र प्रत्येक नागरिकको घरमा स्वच्छ मासु पुग्ने व्यवस्था मिलाउन आवश्यक कदम चालिने छ । 
२८. कार्यालयका कर्मचारीहरुको लागि पोशाक भत्ता सहित उचित सुविधाको व्यवस्थापन गर्दै कर्मचारीहरुलाई उत्पेरीत भएर काम गर्ने बातावरण सृजना गरिने छ । 

अन्त्यमा, व्यापारी साथीहरु म फेरीपनि के कुरा स्मरण गराउन चाहन्छु भने उद्योग वाणिज्य संघ करोडौको बजेट परिचालन गर्ने संस्था होइन । तपाई सदस्य व्यापारीहरुले बार्षिक नविकरण, आजिवन सदस्य वापत भुक्तानी गरेको रकम र संघको भवन भाडामा लगाए वापत प्राप्त हुने रकम नै यो संस्थाको मुल आम्दानी हो । त्यो आम्दानीको ठूलो हिस्सा विगतका दिनमा प्रशासनीक प्रयोजन र विविध शिर्षकका खर्चमा नै सकिएको यथार्थ यहाँहरुले बार्षिक साधारण सभामा पेश हुने कोषाध्यक्षको प्रतिवेदन मार्फत थाहा पाउदै आउनु भएकै कुरा हो । अबको दिनमा उद्योग वाणिज्य संघको आफ्नो कोषमा भएको रकमको निश्चित प्रतिशत अनिर्वाय रुपमा व्यवसायिक तालिम, व्यवसाय प्रबर्दनका गतिविधि र सदस्य व्यापारीहरुले प्रत्यक्ष लाभ पाउने क्षेत्रमा खर्च गर्न व्यवस्था मिलाईने छ । बाँकी कामहरु उद्योग वाणिज्य संघले आफ्नो बजेटले गर्ने भन्दा पनि सरोकारवाला निकाय सँग व्यवसायीक हित अनुकुल हुने योजना बनाउन दवाव सृजना गर्ने नै हो । हामी स्थानीय   सरकार,  प्रदेश सरकार र केन्द्र सरकार सम्म पहुँच राखेर जिल्लाको समग्र औद्योगिक विकासका लागि निरन्तर दवाव सृजना गर्ने र जिल्लामा लगानी मैत्री बातावरण सृजना गराएर सिन्धुली जिल्लालाई लगानी योग्य जिल्लाको रुपमा विकास गराउन पहल गर्ने    छौ ।       
धन्यवाद !


0 comments

Write Down Your Responses