Powered by Blogger.
आगलागि हुदाँ एक घर जलेर नष्ट, एक बालक घाईते

सिन्धुली,११ फागुन,
सिन्धुलीको हरिहरपुरगढी गाउपालिकामा आगोलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । हरिहरपुरगढि गाउपालिका वडा न ३ कुशदमारका बर्ष २९ का ज्ञान बहादुर बजुको घरको चुलोमा रहेको आगोबाट हावाहुरीको कारण अचानक आगलागि हुंदा उहाँको घर जलेर पुर्णरुपमा नष्ट भएको हो । 

घरमा आगोलागी हुदाँ उहाँको अन्नपात, भाडाबर्तन, लत्ताकपडा, फर्निचर लगायतका सामानहरू जलि क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

आगलागिबाट उहाँका छोरा बर्ष ३ को बिकेश बजु घाईते भएका छन् । बिकेश हात,कान र पिठ्युमा आगोले पोलेको र अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्यकेन्द्र महेन्द्रझ्याडि पठाइएको छ । 


,

0 comments

Write Down Your Responses