Powered by Blogger.
एसईईमा सिन्धुली जिल्लाबाट ९७ जना अनुपस्थित

रोशन अधिकारी दनुवार 
सिन्धुली,१० फागुन ।  आईतवार देखि सुरु भएको यस बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा सिन्धुलीबाट ९७ जना अनुपस्थित भएका छन् । छात्र ४० जना र छात्रा ५७ जना गरी ९७ जना परीक्षार्थी एसईई परीक्षामा अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ । 

नियमित तर्फ ५ हजार ४ सय ८४ जनाले परीक्षाका लागी फर्म भरे पनि आईतवार भएको अनिवार्य बिषयको परीक्षामा ५ हजार ३ सय ८७ जना परीक्षार्थी उपस्थित भएका छन् । जस मध्ये छात्र २ हजार ५ सय ८८ जना उपस्थित भएका छन भने छात्रा २ हजार ७ सय ९९ जना उपस्थित भएका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका शाखा अधिकृत हित कुमारी पौडेलले जानकारी दिईन् । 

ग्रेड वृद्धि अन्तर्गत गत वर्षका ८६ जना मध्ये ४४ जना मात्रै उपस्थित भएका छन् । विस २०७३ साल भन्दा अघिका ग्रेड वृद्धि तर्फका ५० जना परीक्षार्थी मध्ये २३ जना मात्रै परीक्षार्थी उपस्थित भएका शाखा अधिकृत पौडेलले बताईन् । 

त्यस्तै प्राविधिक धार तर्फ छात्र १ सय २जना, छात्रा ७४ गरी १ सय ७६ जना उपस्थित भएका छन् । प्राविधिकधार तर्फ १ सय ८१ जना विद्यार्थीले फर्म भरेका थिए । शाखा अधिकृत पौडेलका अनुसार एक जना परीक्षार्थीले भने कारागारबाट .यस बर्षको एसईई परीक्षा दिएका छन् । 

कमलामाई नगरपालिका ११ स्थित कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेवेशीका भरत बहादुर आलले जिल्ला कारागार सिन्धुलीबाट परीक्षा दिएका हुन् । यस बर्ष जिल्लामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । प्राविधिकधार तर्फ एउटा मात्रै माध्यमिक विद्यालय पानीट्याँकीमा परीक्षा केन्द्र तोकिएको छ । 

गत वर्ष सिन्धुली जिल्लाबाट ५ हजार ८ सय ९६ जना विद्यार्थीहरु एसईई परीक्षामा सामेल भएका थिए । परीक्षाका लागी जिल्ला भरि २५ वटा परीक्षा केन्द्र तोकिएको थियो । 


,

0 comments

Write Down Your Responses