Powered by Blogger.
नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान

सिन्धुली,१ बैशाख / नयाँ बर्ष २०७६ को अवसरमा आज सिन्धुलीमाढीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सुचनाका लागी नागरिक अभियान सिन्धुलीद्धारा संचालित सामुदायिक रेडियो,रेडियो बिजय किल्ला ९३.० मेगाहर्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।  

रेडियो बिजय किल्ला ९३ मेगाहर्जको संचालक समितिका अध्यक्ष नरेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ बर्षको शुभमकामना दिदै ३ नं. प्रदेश साँसद लेखनाथ दाहाल राजनले २०७६ साल निर्माणको बर्ष भएको बताउनुभएको छ । २०७५ सालमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार देश विकासका लागी आवश्यक निति नियम बनाउनमा नै व्यस्त भएको उहाँले बताउनुभयो । उहाँले पहिलो बर्षमा बनेका निति नियमका आधारमा २०७६ सालमा तिनै तहका सरकार तथा जनप्रतिनिधिहरु जनतामाझ गरेका प्रतिबद्धता पुरा गर्दै देश निर्माणमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश साँसद विनोद खड्काले २०७५ सालमा बुलचुकमा कुनै गल्ती त्रुटी गरेको भए त्यसलाई २०७६ सालमा सुधार गर्दै जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले निर्वाचित भएदेखि नै नगरपालिकालाई व्यवस्थीत, स्वच्छ सफा र पर्यटकीय स्थल निर्माणमा निरन्तर लागी परेको बताउनुभयो । उहाँले कृषि मार्फत नगरबासीलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेकाले नागरबासीलाई कृषिमा लाग्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले २०७६ सालमा जिल्ला प्रशासन कार्यालयबाट दिईने सेवालाई अझै निखारता ल्याउन प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालले नयाँ बर्षमा देशमा शान्ति सुरक्षा, विकास निर्माणमा सुधार आउने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष, अम्रेशचन्द्र बैदार, कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारीका काफ्ले, गैर सरकारी संस्था महासंघका अध्यक्ष वेद राज दाहाल लगाएले नयाँ बर्षको शुभकामना दिएका थिए । 


, ,

0 comments

Write Down Your Responses