Powered by Blogger.
नेपाल तामाङ बिद्यार्थी घेदुङ सिन्धुलीको अधिवेशन बैसाख ७ गते हुने

सिन्धुली,२ बैशाख / नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्य समिती सिन्धुलीको चौथो जिल्ला अधिवेशन तथा साँस्कृति कार्यक्रम आगामी बैसाख ७ गते हुने भएको छ ।

‘सम्पुर्ण तामाङ बिद्यार्थीहरु एक हौै,बैज्ञानिक,बहुभाषिक,संघिय शिक्षा लागु गरौँ’ भन्ने मुल नाराको साथमा सिन्धुलीमाढी स्थित सभागृृह हलमा बैशाख ७ गते विहान १० बजे देखि सुरु हुने नेपाल तामाङ बिद्यार्थी घेदुङ जिल्ला कार्य समिती सिन्धुलीले जनाएको छ । 

नेपाल तामाङ बिद्यार्थी घेदुङ सिन्धुलीको आयोजनामा हुन लागेको उक्त अधिवेशन तथा साँस्कृतिक कार्यक्रममा सिन्धुलीको ३ वटा गाउँपालिका घ्याङलेखु, मरिण, हरिहरपुरगढी र दुधौली नगरपालिका बाट दश दश जना  विद्यार्थी प्रतिनिधिको उपस्थित रहने तामाङ बिद्यार्थी घेदुङ सिन्धुलीका अध्यक्ष सम्झना ब्लोन तामाङले जानकारी दिनुभयो । 

त्यस्तै कमलामाई नगरपालिकाको सिन्धुली बहुमुखी क्याम्पस, गौमति नमुना उमावि र जनज्योती शिक्षा क्याम्पस फोस्रटारबाट पनि १०,१० जना प्रतिबिधी सहभागि रहने सचिब सचिब अजय दोङले जानकारी दिनुभयो । 

चौथो अधिबेसनले नयांँ कार्यसमिति समेत चयन गर्नेछ । चौथो अधिबेसन तथा साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रिय अध्यक्ष्य हर्क ब्लोन तामाङ उपस्थित हुने आयोजनले बताएको छ । 


, ,

0 comments

Write Down Your Responses