Powered by Blogger.
प्याज बेचेर एकै सिजनमा करोडपति

काठमाडौं - १५ लाख ऋण लिएर प्याज खेती गरेका एक किसान छोटो समयमै करोडपति बनेका छन्। उनी हुन् भारत कर्नाटक चित्रदुर्ग जिल्लाको डोड्डासिद्वावनहल्लीका किसान ४२ वर्षीय मल्किार्जुन। उनीसँग केवल १० एकड जमिन थियो। सिँचाइको पनि अभाव। यस्तोमा उनले आट गरे। १५ लाख ऋण र १० एकड जमिन भाडामा लिए। २० एकड जमिनमा प्याज खेती सुरु गरे।
संयोग पनि उस्तै पर्यो त्यही बेला प्याजको मूल्य आकासियो। र छोटो समयमै उनी करोडपति बने। भारतीय सञ्चार माध्यमकाअनुसार आसपासको क्षेत्रमा अहिले उनी रोलमोडेल नै बनेका छन्। टाढाटाढाबाट मानिसहरु उनलाई भेट्न आउँछन्। माल्किार्जुन भन्छन्, ‘पहिले सबै ऋण चुक्ता गर्छू, त्यसपछि आफ्नो घर मर्मत गर्छू।’
कसरी सुरु गरे प्याज खेती?
आसपासका मानिहरुले खेतीकिसानी छोड्दै गएका थिए। भूमिगत पानीमा कमी आएदेखि मानिसहरु खेतीपातीमा लाग्न छोडेका थिए। उनी सन २००४ देखि नै प्याज खेती गर्दै आएका थिए। तर वर्षौदेखि नोक्सान ब्यहोर्दै आएका थिए। तर पनि उनले प्याज खेती गर्न छोडेनन्। धैर्य गरे। भनिन्छ नि प्रतिक्षको फल मिठो हुन्छ। नभन्दै यही प्याज खेतीले उनलाई चर्चितसँगै करोडपति बनायो। प्याज खेतीले नै उनको भाग्य बदलियो।
चिन्ता यसपटक पनि थियो। प्रत्येक वर्षजस्तै घाटा ब्यहोर्नु पर्ला भन्ने। तर अक्टोबरदेखि प्याजको मुख्य बढ्न थाल्यो।  उनीसँग २ सय ४० टन प्याज थियो। लगभग २० ट्रक। भारतमा अहिले प्याज औषतमा प्रतिकिलो एक सयका दरले बिक्री भैरहेको छ।
प्याजको मूल्य बढेको बेला उनले बेचे। हेर्दाहेर्दै करोडपति बने। सुरुमा १५ लाख ऋण दिँदा उनलाई लागेको थियो यो वर्ष कम्तिमा पनि पाँच लाख फाइदा गरेर त्यती नै ऋण तिर्ने। तर बास्तविकता उनले सोचेकोभन्दा धेरै फरक भयो। एकै पटक करोडपति बने। अब उनको योजना खेती गर्न लायक जमिन किन्ने छ। प्याज खेतीलाई अझैं बढाउने सोचमा छन् माल्किार्जुन। एजेन्सीको सहयोगमा
copy by nagariknews.com


,

0 comments

Write Down Your Responses